आयौ भने हाम्रोतिर… (गीत) – शब्द लहर, अँक ३४ – प्रविण टण्डन

               गीत

मनको माया मात्र हैन, मायालु मन पनि दिन्थें

आयौ भने हाम्रोतिर, आफ्नो कुरा भनिदिन्थें

के रै’छ र सँसारमा, मायाभन्दा ठूलो कुरा

सुटुक्क नै भने राम्रो, बाहिर भन्दा ठूलो कुरा

जति छन् यो मुटुभित्र, पिरती नगनी दिन्थें

आयौ भने हाम्रोतिर, आफ्नो कुरा भनिदिन्थें

जिन्दगीका तिम्रा सारा, धोको पुर्याइदिउँला

मागी हेर जोवन यो, चोखो पुरै दिउँला

जता जान्छन तिम्रा पाइला, बाटो त्यतै खनिदिन्थें

आयौ भने हाम्रोतिर, आफ्नो कुरा भनिदिन्थें

नचिन्नेलाई नयाँ नाता, जोड्नेहरु हुन्छन्

रात सँगै साथ यहाँ, छोड्नेहरु हुन्छन्

तिमीसँग जुनीभरको, साथी प्यारो बनिदिन्थें

आयौ भने हाम्रोतिर, आफ्नो कुरा भनिदिन्थें

आयौ भने हाम्रोतिर, आफ्नो कुरा भनिदिन्थें

********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु