
कविता
सपनै रहे आखिर, ती सपनाहरू,
बिर्सँदा पनि गएनन् तर सम्झनाहरू
दुइदिनको छोटो भेट, खेल नै सरी भो’
घाउ सानु लाग्यो कतै, आँसु आँखाभरी भो’
खोज्दैछ मनले भुल्ने बहानाहरू,
बिर्सँदा पनि गएनन् तर सम्झनाहरू
मै थिएँ दोषी कि, कर्मै निष्ठुरी यो
दुई मुटु बीचमा, के यस्तो दुरी भो’
मर्नु न बाँच्नु बने भावनाहरू,
बिर्सँदा पनि गएनन् तर सम्झनाहरू
उज्यालो होस् तिम्रो जीवन, म जलेपनि
म मुर्दा बनेर बाँच्छु, ढुकढुकी चलेपनि
बिसाएर बीच बाटोमै चाहनाहरू,
बिर्सँदा पनि गएनन् तर सम्झनाहरू …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



