गीत – शब्द लहर, अँक १७ – प्रविण टण्डन

 

 

 

 

 

 

                  गीत

 

शायद दैवलाई यो साइनो स्वीकार छैन कि

तिमीलाई माया गर्ने मेरो अधिकार छैन कि

 

तिम्रै नाममा जीवन सुम्पिसकेको मान्छे

जानी-बुझी जालमा पर्यो उम्किसकेको मान्छे

राम्रो भाग्य लेखिने यो निधार छैन कि

तिमीलाई माया गर्ने मेरो अधिकार छैन कि

 

देखेको छु तिम्रो जीतमा छेउ आउनेहरू

तिमी रूँदा मुख छोपी मुस्कुराउनेहरू

आफ्नो-विरानो छुट्याउने आधार छैन कि

तिमीलाई माया गर्ने मेरो अधिकार छैन कि

 

चोखो माया मनमा हुन्छ महलमा हुन्न

धनसँग साटिन्न त्यो पसलमा हुन्न

यो छातीमा तिमी अट्ने दरबार छैन कि

तिमीलाई माया गर्ने मेरो अधिकार छैन कि

 

*******************************************

 

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु