
गीत
तिमीलाई भेटेदेखि, म पनि होसमा छैन
नसम्झुँ तिमीलाई, धन्न तिम्रो वशमा छैन
लाग्छ सम्झनाले नै, यो दुरी घटाउँछु
अचेल त कल्पेरै, यी रात कटाउँछु
सल्किसकेको अझै, तृष्णा एक-आपसमा छैन
नसम्झुँ तिमीलाई, धन्न तिम्रो वशमा छैन
के गर्दैछौ उता कुन्नि, यता यादमा मेरै छौ
नजान्दै नै जालमा पार्ने, जाली यति के रै’छौ
नजर जुधेदेखि नै, मन यति सकसमा छैन
नसम्झुँ तिमीलाई, धन्न तिम्रो वशमा छैन
सोच्छु त्यसै पहिलो भेटमा, हाँसी बोल्ने थिइनौ होला
आफ्नो मान्छे नठानी त, मनपेट दिइनौ होला
त्यो मनमा के छ साँच्चै, देख्ने कुनै चश्मा छैन
नसम्झुँ तिमीलाई, धन्न तिम्रो वशमा छैन …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com





