‘याद यति किन आउँथ्यो’~गीत, प्रविण टण्डन “वसन्तप्रवीण”

 

 

 

 

 

 

गीत

याद यति किन आउँथ्यो, माया नला‘इ ‘नि

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि

 

फूल झैं ती हातले छोएको, थुगाँको झल्को आउँछ

बात मार्दै हामी बसेको, ढुगाँको झल्को आउँछ

मनका कुरा तिमी बाहेक, भनुँ र कल्लाई ‘नि

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि

 

खोलाजस्तै समय पापी, बग्दैछ हेर त्यो

भाग्यको भर नपर्नु कतिलाई, ठग्दैछ हेर त्यो

खोसेपछि भन्छ अरे, दिएकै हो तलाईं ‘नि

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि

 

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई 'नि....
बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि….

हामी मिली पिरतीको, लेख्नु छ कथा नयाँ

छाडी-जाऔंला सँसार एकदिन, नमरोस् हाम्रो माया

यस्तै भाव मनमा अचेल, आउँछन् कि तिमीलाई ‘नि

 

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि …

 

–     प्रविण टण्डन “वसन्तप्रवीण”

सुझाव/प्रतिकृयाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु