‘याद यति किन आउँथ्यो’~गीत, प्रविण टण्डन “वसन्तप्रवीण”

 

 

 

 

 

 

गीत

याद यति किन आउँथ्योमाया नलाइ नि

बिर्स्यौ त्यो पहिलो भेट किसम्झिन्छौ मलाई नि

 

फूल झैं ती हातले छोएकोथुगाँको झल्को आउँछ

बात मार्दै हामी बसेकोढुगाँको झल्को आउँछ

मनका कुरा तिमी बाहेकभनुँ र कल्लाई नि

बिर्स्यौ त्यो पहिलो भेट किसम्झिन्छौ मलाई नि

 

खोलाजस्तै समय पापीबग्दैछ हेर त्यो

भाग्यको भर नपर्नु कतिलाईठग्दैछ हेर त्यो

खोसेपछि भन्छ अरेदिएकै हो तलाईं नि

बिर्स्यौ त्यो पहिलो भेट किसम्झिन्छौ मलाई नि

 

बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई 'नि....
बिर्स्यौ त्यो पहिलो भेट कि, सम्झिन्छौ मलाई ‘नि….

हामी मिली पिरतीकोलेख्नु छ कथा नयाँ

छाडी-जाऔंला सँसार एकदिननमरोस् हाम्रो माया

यस्तै भाव मनमा अचेलआउँछन् कि तिमीलाई नि

 

बिर्स्यौ त्यो पहिलो भेट किसम्झिन्छौ मलाई नि

बिर्स्यौ त्यो पहिलो भेट किसम्झिन्छौ मलाई नि …

 

     प्रविण टण्डन “वसन्तप्रवीण”

सुझाव/प्रतिकृयाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु