स्वीकार

स्वीकार 

आगो देऊ,वा  अंगार

बगर देऊ वा जंघार

 

समिप देऊ वा  दूरता

प्रेम देऊ वा क्रूरता

फुल देऊ वा पत्थर

तालि देऊ वा बदनाम्

 

ए दुनियां,  खुट्टा तान वा

हात! सबै स्वीकार छ ।  तान्ने

केवल चिहान सम्म त हो ।

त्यस पछिको  यात्रामा

जब हामि भित्रको ‘तं  ‘

र ‘म’ को

एकाकार हुनेछ,

तब यि सबै

कच्चा खेल लाग्ने छ,

जीवन त अवसरहरुको मेल लाग्ने छ ।

 

अझ जीउंदैमा जब  “बोध’ जाग्ने छ

तब ‘भोक्ता’ हैन ‘द्रष्टा” बनिने छ

पाण्डव र कौरव हैन

केवल ‘वितरागी’ ,युद्दको

निष्पक्ष साक्षि

“बार्बरीक ‘ बनिने छ

 

जीवनका हर विरोधाभाषहरु ,

हर्ष र विष्मयका कारक  हैनन्

केवल  आनन्दै -आनन्द  लाग्ने छ।।

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

सम्बन्धित शिर्षकहरु