“युद्द कलामा , वीरका सन्तान हौं बुद्द कलामा, योगी आत्मा हौं “~~विश्व शान्ति  गीत~~

~~~~~~~~विश्व शान्ति  गीत~~~~

Yogi Acharya Rajan Sharma

युद्द कलामा , वीरका सन्तान हौं
बुद्द कलामा, योगी आत्मा हौं ।।

शिव,जनक, व्यास ,बुद्द हाम्रो वंश हो
योग,ध्यान , तप ,मुक्त्ति हाम्रो अंश हो ।।

योग र तपको मूल थलो, नेपाल उठ्दैछ
बस्ति-बस्ति बाट सचेत योगी जुट्दैछ ।।

विश्वलाईनै जोड्नेछौं, छर्छौं योग ज्ञान
विश्व शान्ति र अब अध्यात्म विज्ञान ।।

नेपाल हो विश्व गुरु, धर्तिकै महान
ज्ञान ज्योति फैंलाउंने गुरु हाम्रा शान ।।

योग तपले खारिएर, जाग हर आत्मा
शिरमा ॠषि आशिर्वाद छ कर्म हातमा ।। 

हिडींरहंदा पुग्ने छौं ,मुक्त्त हुने छौं
मेटिएर नदी, महा-सागर बन्ने छौं ।।

~शब्द ,रचना:योगी आचार्य राजन शर्मा

सम्बन्धित शिर्षकहरु