दर्शन कि प्रदर्शन !~~( कविता )

दर्शन कि प्रदर्शन !~~( कविता )

अनभिज्ञ छ उ! किन फुल्नु पर्छ,  Pin on plants
तर उ फुलिरहन्छ ।
र शान्त छ, शुवाष र सौंन्दर्यमा ।
उसको फुलाईमा अशान्त छ त केवल
छेउकै नफुल्ने अग्लो उतिस ।
उतिस भन्छ , यो फुलले केवल प्रदर्शन गर्‍यो।
मान्छेलाई लोभ्याउंने मेलो गर्‍यो ।
यस्लाई सुर्यले नदेखोस्
पानीले नभेटोस्। वर्षै भरि ओग परोस्।
उतिसको वोलिले राहत पुग्यो भन्दै
छेउका कांसहरु ठाडा बन्छन्। भन्छन्:
हो यो, प्रदर्शन गरेर आंखाहरुलाई भुलाई रहेछ।
यो त भगवानको दर्शनको लागि फुल्नु पर्थ्यो ।
केवल प्रदर्शन गरिरहेछ ।
अनि छेवैका घांसहरु. थप्छन्, हो, हो ,
फुललाईलाई त मास्नु जाति ।
हामि तन्किएर उसको जमिन हाम्रोमा गांस्नु जाति।
तर फुललाई न त कांश , घांस र उतिसलाई
सुन्नु छ,न उछिन्नु छ । न त सुनेर विचलित हुनुछ ।
उसलाई नै थाहा छैन उ किन फुल्नु छ ।
प्रकृतिले नै उसलाई फुलाएको छ ।
ॠतुहरुले केवल उ मार्फत धर्म पुरा गराएको छ ।
उसलाई त केवल फुल्नु छ ।
न स्पर्धाको लागि, न प्रदर्शन र दर्शनको लागि
उसलाई देखेर अन्यमनहरुमा अशान्तिमा छन्।
हात्ति गयो बजार , कुकुर भुके हजार झैं।
तर उ अविचलित छ,
फुलिरहन्छ। किन फुलेको र किन फुल्नु पर्छ । उ
सँग शायद जवाफ छैन।
वा फुल्दैमा उसलाई जवाफ दिने फुर्सद छैन ।
तर उ आनन्दमा आल्हादित छ ।
फुलिरहन्छ । आंखाहरु धाउंन वा जाउंन ।
मासुन, हांसुन , जोगाउंन वा आलोचना र वहसले छेडिरहुन् । I love the curved lines of this perennial bed. #greengardenfrontyard | Garden design, Garden, Yard landscaping
फुल्ने चेतनाको विजमार्फत
उ युगहरु सजाई रहन्छ ।
फुलिरहन्छ उ !जीवन र जगतको रङ्ग बोकेर पत्र-पत्रमा ।
जब सम्म प्रकृतिले कृति रचि रहन्छिन्
तव सम्म उ
चिहान बाट चिहाएरै होस्
वा पहरामा लहाराएर होस्
समथर वा खोचहरु, जहाँंसुकै होस्
उ फुलिरहन्छ ।
फुल्नुको कारण त केवल दुनियाँलाई चाहिएको छ
उसलाई त केवल फुल्नु छ ।

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

सम्बन्धित शिर्षकहरु