
‘खबरदार नमर्नुहोस्’ ….त्यसपछि फेरि कहिल्यै मर्नु पर्नेछैन,
जब सम्म जन्मलाई मात्र
जीवनको हिस्सामा गन्छौं ।
तब सम्म हामी मरिरहेका हुन्छौं ,
दुख्छौं ,टुक्रिन्छौं ।
तर जब मृत्युलाई पनि जीवनकै
भागमा स्वीकार्ने बोध गर्छौं,
तब दुई किनारा टेकेरै यात्रामा बढ्ने
नदि झैं जीवनले पनि अमरताको महासगर तर्फ
यात्रा गर्नेछ ।
त्यसपछि फेरि
कहिल्यै मर्नु पर्नेछैन, हामि। त्यसैले खबरदार !
नमर्नुहोस्।
जन्म र मृत्युको दुबै पदचालमा बढ्ने
जीवनको
केवल साक्षि बनेर बांच्दैमा नमर्ने कलाको ज्ञाता बन्नुहोस् ।
खबरदार, नमर्नुहोस्।
~ योगी आचार्य राजन शर्मा









