सिड्नी
अष्ट्रेलिया,असनेपाल न्युज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आचार्य राजन शर्मा (भीमसेन सापकोटालाई) अनेसास सद्भावना दूत”मा मनोनित गरेको छ। अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको आयतनलाई तन्काउन गहिरो साधना सहित अघि बढीरहेका शर्मा
अध्यात्म र साहित्य क्षेत्रमा चर्चित नाम हो ।
यस अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट “अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया – ओसनिया क्षेत्रका उपाध्यक्ष तथा अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक अध्यक्ष समेत हुन्।
विश्वका ४५ भन्दा बढि देशका २०० भन्दा बढि शहरमा “आर्ट अफ हेप्पिनेस “(The Art of Happiness)को शिविर संचालन गरेर लाखौं लाख विच पूर्विय दर्शनका मुल्य मान्यता योग दर्शन र नेपाली पहिचानलाई विस्तार गरिरहेका आचार्य राजन शर्मा सकारात्मक जीवनका एक उज्याला नक्षत्र हुन् । नेपालीसंग संगै विदेशीहरु विच थप लोकप्रिय छन।
नेपालका प्रमुख समाचारमाध्यमहरु नेपाल समाचारपत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा अष्ट्रेलियाका विभिन्न समाचारमाध्यमका कुशल संचारकर्मीको अनुभव उनीसँग छ।
यस्तै नेपालदेखी अष्ट्रेलिया सम्मको विभिन्न विश्व विद्यालयमा प्राध्यापन समेत गरेका शर्माको “भत्किएको पर्खाल”, “प्रश्नमा इश्वर”, “सफलताका शुत्रहरु” लगायतका साहित्यिक सिर्जनाहरु बाहिर आइसकेका छन् ।
अष्ट्रेलियामा नेपालको आयतनलाई तन्काउन नेपालको झण्डा र नेपाली दौरा सुरुवालमा कहिले स्काइ डाईविंग त कहिले माउन्टकोजिअस्को को शिखरमा नेपाली झण्डा पुर्याउने,कहिले प्रशान्त महासागरको पींध सम्म नेपालको पहिचान तन्काएर नेपाली किर्तिमान कायम गर्ने शर्माको परिचय यतिमा मात्र सिमित छैन ।
अमेरिकाको आकाशमा हवाई उडानमानै योग शिविर संचालन गरेर नेपालीको शिर उँचो पार्ने शर्मा विश्व शान्ति परिषदको शान्तिदुत तथा नेपाल फिजी सांस्कृतिक राजदुत हुनु।
वहु आयामिक प्रतिभाशाली व्यक्त्तित्व शर्मा अष्ट्रेलियाका पहिलो नेपाली इजाजत प्राप्त योग तथा प्राकृतिक चिकित्सा का प्रशिक्षक तथा सिभिल सेलिब्रेन्ट पनि हुन।
युवा अध्यात्मिक गुरु तथा उत्प्रेरक वत्ताको रुपमा परिचित शर्मा विश्वका १४ देशमा अध्यात्म र सकारात्मक प्रेमीहरुको साझा मञ्च “विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाजका संस्थापक अध्यक्ष र संरक्षक समेत रहेका छन। उहांका केहि विषेशता यो भिडियोमा समेटिएका छन्:







