आफ्नो लेखनलाई न्याय दिन पहिला आफ्नै जीवनलाई प्रयोगशला बनाउंनु पर्छ

आचार्य राजन शर्मा
आचार्य राजन शर्मा

आदर्श लेखौं तर आदर्श बन्न नभुलौं
~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

जे लेखिन्छ । जे बोलिन्छ । त्यसैमा टेकेर जीवन यात्रा गर्ने सर्जकहरु वीरलै भेटिन्छन्। सिर्जनाले आदर्शको चुली छुने तर व्यवहारले त्यसको विरोधाभाष देखाउंने जमात नेपाली साहित्य वाङ्ग्मयमा छ्याप्छ्याप्ति देखिन्छ । तर समाजको यस्तो यथार्थताको विचमा पनि राष्ट्र कवि स्व माधव घिमिरेको जीवन र लेखन एउटै धारमा बगिरह्यो। उहांको लेखाईले जुन आदर्श उपदेश ,दर्शन र सत्य प्रस्तुत गरेको छ उहांको जीवन पनि त्यसरि नै सकारात्मक धारमा बगेको देखिन्छ ।
लेख्नु एक कला र भावनात्मक पक्ष हुनसक्छ । आवेग र वीचारको वहकाउमा सुन्दर रचना जन्मिन सक्लान तर त्यो सँग जीवनलैऐ पनि सुन्दर रचना जस्तै बनाउंनु त्यो आदर्श महापुरुषको यथार्थता हो ।
उहांको लेखन सरल , सकारात्मक र संष्कार प्रवर्द्दक त छदैं थियो तर यसमा जीवनलाई उहांले एक सुन्दर सिर्जना बनाउंनु भयो । शुद्द आहार ,सन्तुलित दिनचर्या ,योग दैनिकिले मानिसलाई शान्त मनमा परिणत गर्छ । शान्त मन शक्तिको पर्याय हो । दीर्घ जीवनको रह्स्य हो । जे लेख्नु भयो त्यसलाई लेखनिमा मात्र सिमित नराखि व्यवहारमा उतार्नु जस्तो जीवनको ईमान्दारिता अर्को हुन सक्त्तैन ।
लेखन सुन्दर, तर तामस दिनचर्या , असन्तुलित भोजन गर्दै असमयमै रोगी ,असक्त्त र अल्पायुको निधन वरण गर्ने अवस्थामा रहेका अन्य सर्जक हरुलाई उहांको जीवननै एक पाठ बन्यो । लामाजुङ्ग बाट काठमाण्डौं बसाइं सराई भए लगत्तै उहांले गाई पालन गर्दै दैनिक ताजा दुध सेवन गर्ने , हर दिन योग , ध्यान र अन्य नित्य कर्ममा लाग्ने जीवनको अनुशासन पक्षलैइ उहांले कहिल्यै छोड्नु भएन .
२०५२ सालमा उहां सँगको भेटघाटमा उहांले भनेका वाक्यंश “आफ्नो लेखनलाई न्याय दिन पहिला आफ्नै जीवनलाई प्रयोगशला बनाउंनु पर्छ “। आफ्ना लागि काम नलाग्ने तर अरुका लागि लेखिएको सिर्जनामा ईमान्दारिताको चुरो भेटिंदैन ।
टाई-सुट , पार्टी र मदिरा , र तडक भडकमा नउत्रि सरल र सधैं राष्ट्रिय पोशकामा देखिने सर्जक घिमिरे उहाँद्वारा रचित गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता गीत रचेर देशप्रतिको माया प्रकट गर्नुभएको छ । उहाँका ती गीत कालजयी बनेकाे छ ।
लेख्नु र निरन्तर सकारात्मक बन्नु र लेखिरहनु फरक कुरा हो । “देशमा कोही निदाउँला, कोही कसैको स्वार्थमा पर्ला, धन कमाउने आफ्नै धन्धाले राष्ट्रको धुन बिर्सिएला’ यस्तो घडीमा पनि चन्द्रचकोर भई नेपाली राष्ट्रिय नाद सुनाइरहने क्रान्तदर्शी कवि राष्ट्रकवि घिमिरे । देशको कविता रच्ने, गीत जुराउने,सामयिक सन्देश दिने अजर स्रष्टा घिमिरेको साहित्ययात्रा सय वर्ष नाघ्दा पनि अटुट थियो । महाकाव्य रचनाका लागि कलम र कल्पनाको गति अरोक्य थियो ।

केहि काम नाैलो नगरी नजाउ,
अकालमै हे म मरी नजाउ ।
अायुष देउ र भबिश्य देउ,
म भित्र जिबन्त मनुश्य देउ ।

विरहको व्यथा मात्र हैन, दु:ख पोख्ने माध्यम मात्र हैन, प्रेरणाले सिर्जना सिंन्चाईरहे जीवनभर राष्ट्र कविले । आदर्श लेखौं तर आदर्श बन्न नभुलौं । हाल अभियानकै रुपमा रहेको हाम्रो सकारात्मक साहित्यले यस्तै मर्म बोल्ने गरेको छ ।
जीवन वितेर जान्छ तर सद्कर्म र सद्वव्यवहार सदा अमर रहन्छ । हरेक मृत्‍यु एक पाठ हो । अझ महान व्यक्तिहरुको मृत्‍यु हर जीवनका लागि प्रेरणा हो र हुनुपर्छ .

 

 

 

 

 

 

 

 

आदर्श जीवन र विचार क्रान्तिका लागि सुन्नै पर्ने शब्दहरू:

(विश्वका विभिन्न देशबाट प्रस्तुत उत्प्रेरणात्मक सन्देशहरु )

More vedio motivation for Nepali writers:

More Motivational vedio link  :

https://www.youtube.com/c/TheMindPowerSociety/videos

सम्बन्धित शिर्षकहरु