साँच्चै म त..

साँच्चै म त गर्छु निसाफ‚ भन सत्य कुरा
हाँस्दै फेरि किन उसलाई‚ दिनुपर्यो चुरा ?

डर हुन्छ बाढीदेखि‚भर हुन्नँ रैछ
आफ्नो मान्छे साथ भएँ‚ डर हुन्नँ रैछ

गर्लान् हेर दुनियाँले‚ तिम्रो त्यहाँ तारिफ
सर्लान् फेरि त्यतै माया‚ अनि कुद्नू तारिक

खोलो पनि धाउँदैन‚ तिर्खा तिम्रै लागि
डोको बोकी हिड्नुपर्यो‚पहाडैकोमाथि

लुकिलुकि किन हेर्नु‚ मलाई गाह्रो पर्छ
झुकीझुकी नजरैले‚ उता माया सर्छ

किन मलाई त्यही अतित‚घाउ बनि आयो
जितसँगै हार हुने‚कस्तो माया छायो ?

मुना मौनता
धादिङ‚ सल्यानटार–८

सम्बन्धित शिर्षकहरु