मन दुखाउने कति धेरै… (गीत) – शब्द लहर, अँक ३७ – प्रविण टण्डन

 

 

 

 

 

                गीत

 

नभिजुन् यी आँखा किन, पर्दा मनमा फाटो

मन दुखाउने कति धेरै, जानेकी छौ बाटो

 

मुटु पोल्ने भा’ कि डाकी, नबोले ‘नि हुन्थ्यो

चोखो माया भए मनले, नबोले ‘नि सुन्थ्यो

बदनाम हुन पाएँ, गुन ला’ को साटो

मन दुखाउने कति धेरै, जानेकी छौ बाटो

 

मेरो भने विचार मन, गाँस-गुँस गर्ने

तिमी चाहिं मलाई देखी, खास-खुस गर्ने

काल छँदै चाल नबुझ्ने, भइए’छ लाटो

मन दुखाउने कति धेरै, जानेकी छौ बाटो

 

पिरतीको चुली भनी, भुली सुली चढ्दा

याद तिम्रै आउँछ अचेल, ठेस लागी लड्दा

केले’ पुछी मेटौं तिम्रो, सम्झनाको टाटो

मन दुखाउने कति धेरै, जानेकी छौ बाटो

मन दुखाउने कति धेरै, जानेकी छौ बाटो …

 ********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

सम्बन्धित शिर्षकहरु