अष्ट्रेलियामा विजया दशमीको टीकाको शुभसाइत : सिड्नी, क्यानबेरा र भिक्टोरियाका लागि विशेष समय निर्धारण

अष्ट्रेलियामा विजया दशमीको टीकाको शुभसाइत सार्वजनिक: सिड्नी, क्यानबेरा र भिक्टोरियाका लागि विशेष समय निर्धारण

नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार यस वर्ष विजया दशमीको दिन समग्र दिनभर नै शुभ कर्म र टीकाका लागि उत्तम मानिएको छ। तथापि, धर्मशास्त्र र परम्परा अनुसार टीका ग्रहण गर्ने विशेष शुभसाइतको खोजीमा रहनुहुने अष्ट्रेलियावासी नेपाली समुदायका लागि प्रमुख सहरहरूको निम्ति निम्न अनुसारको साइت (Time) निर्धारण गरिएको छ:

  • Sydney (NSW): बिहान ९:२१ बजे

  • Melbourne (VIC): बिहान ९:३० बजे

  • Canberra (ACT): बिहान ९:०७ बजे

  • Brisbane (QLD): बिहान ८:२५ बजे

  • Adelaide (SA): बिहान ९:१५ बजे

  • Perth (WA): बिहान ८:५४ बजे

यस वर्षको विजया दशमीले अष्ट्रेलियामा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं आपसी सद्भाव ल्याओस् भन्ने कामनासहित पशुपति बौद्ध तपोधाम तथा विश्व शान्ति आश्रम (GSPSS) को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

🌿 धार्मिक तथा आध्यात्मिक पुनर्जागरणका लागि पशुपति बौद्ध तपोधाममा आयोजित विशेष ‘Wellness Retreat’ मा सहभागी हुनका लागि तलको लिंकमा जान सक्नुहुनेछ:

🌐 www.gspss.org.au/wellness-retreat  

सम्बन्धित शिर्षकहरु