एक सातामै दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।

मूल्य बढेपछि पेट्रोल ११४, डिजेल/ मट्टितेल ९७ तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।

यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।

सम्बन्धित शिर्षकहरु