एमाले र रा.प्र.पा. ले तालमेल गर्ने

वैशाख १९ ।काठमाडौँ, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच काठमाडौँ र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको हो ।
अध्यक्ष ओलीले अहिले काठमाडौँ र ललितपुर जिल्लाका नेता कार्यकर्तासँग तालमेलका विषयमा मंगलबार छलफल गर्नु भएको हो ।
दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारीको टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौँ र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन ।

पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु