विश्वमा २ करोड ७९ लाख संक्रमित, ९ लाख बढीको मृत्यु, २ करोड बढी कोरोना मुक्त

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७९ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोना मुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । अमेरिकामा ६५ लाख ४८ हजार संक्रमित रहेका छन् ।

जसमध्ये ३८ लाख बढी कोरोना मुक्त भएका छन् भने १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४४ लाख संक्रमित रहेकोमा ३४ लाख कोरोना मुक्त भएका छन् भने ७५ हजारको मृत्यु भएको छ ।

ब्रजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ९९ हजार छ भने ३४ लाख कोरोना मुक्त हुँदा १ लाख २८ हजारको मृत्यु भएको छ । एजेन्सी

सम्बन्धित शिर्षकहरु