आइएस लडाकूद्वारा दर्जनौँ क्रिश्चियन धर्मालम्बीको अपहरण

ShowImage.ashxसाउन २२ । सरियामा आफ्नो गतविधिलाई सशक्त पार्दै आइरहेका ३२ इस्लामिक स्टे्ट (आइएस) समूहका लडाकूद्वारा दजनौँ सिरियाली क्रिश्चियन धमावलम्बी तथा २३० नागरिकको अपहरण गरेको त्यहाँस्थित मानवअधिकार र पर्यवेक्षण समूहले शुक्रबार जनाएको छ ।

अपहरित दुईसय ३० नागरिक मध्ये केही महिला र १९ बालबालिकासमेत रहेको जनाइएको छ । उनीहरूलाई सिरियाको दक्षिण पूर्वमा अवस्थित होम्स प्रान्तको क्वारिएन्टन शहरबाट अपहरण गरिएको मानव अधिकारकर्मीले बताए ।

अपहरित नागरिक कहाँ र कुन अवस्थामा राखिएका छन् भन्ने कुनै जानकारी समेत प्राप्त नभएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु