भदौ ७, काठमाडौं । देशको जिम्मेवार पदमा बसेका एक व्यक्तिले सार्वजनिक स्थलमा अाफ्नो श्रीमतीलार्इ कुटेका छन् । सांसद विश्वेन्द्र पासवानले आफ्नी कान्छी श्रीमतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टीक टर्मिनलमा कुटपिट गरेको खबर प्राप्त भएको छ ।
अन्य पुरुषसँग भागेर बाहिर जान लागेको थाहा पाए लगत्तै विमानस्थल पुगेका पासवानले श्रीमतीलाई कुटपिट गरेका हुन् । विमानस्थलको सीसी क्यामेरामा पासवानले श्रीमतीलाई कुटपिट गरेको भिडियो कैद भएपनि विमानस्थल प्रशासनले सार्वजनिक गर्न अस्वीकार गरेको छ ।








