
कविता
नदेखे झैं गर्ने तिम्रा बहानाहरूले
लैजान्छन् मन अन्तै चाहनाहरूले
भन्छन् अरू तिम्रो माया साँचेर के गर्नु
लाग्छ तिम्रो साथ बिना बाँचेर के गर्नु
भित्रै घाउ पारे नजरका निशानाहरुले
लैजान्छन् मन अन्तै चाहनाहरूले
रोक्न खोजें कल्पनालाई भरमा कहाँ हुन्छ
म छु एक्लै यहीं त्यो त घरमा कहाँ हुन्छ
भौंतारे कति हँस तिम्रा ठेगानाहरूले
लैजान्छन् मन अन्तै चाहनाहरूले
प्रतीक्षामा तिम्रो यहाँ दु:खाइ छ, पर्खाइ छ
लोकलाजले मुस्कुराएका ओठ मनको व्यथा अर्कै छ
हाँस्छु अचेल तिमीसँगै रूवाउँछन् तिम्रा वेदनाहरूले
लैजान्छन् मन अन्तै चाहनाहरूले …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



