गीत – शब्द लहर, अँक १६ – प्रविण टण्डन

 

 

 

 

 

 उसैलाई माया गर्छु म

 

जसले मायाको भाका बुझ्छ,

पीडामा हुँदा आँसु पुछ्छ –

 

उसैलाई माया गर्छु म

*******************

देखेपछि हेरिरहुँ जस्तो,

कल्पनामै बेरिरहुँ जस्तो ..

यो मुटुलाई जसले छुन्छ,

मनको बोली मनले सुन्छ –

 

उसैलाई माया गर्छु म

******************

सपना लाखौं साँचुजस्तो

साथै सयौं जुनी बाँचुजस्तो ..

जसलाई सम्झी मै हराउँछु,

आफूभित्रै जसलाई पाउँछु –

 

उसैलाई माया गर्छु म

उसैलाई माया गर्छु म

 **************************************

 

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

सम्बन्धित शिर्षकहरु