गीत
अझै छ झल्को आँखामा, भेटेको थिएँ अस्ति
अरू के भनौं, देखेको थिइन तिमीजस्ती
रूप नै कस्तो, पारिदिने लठ्ठै
बेहाल भए’थ्यो, कलिलो यो मन कठै
ठीकै थ्यो’ मन, अचेल छ सास्ती
अरू के भनौं, देखेको थिइन तिमीजस्ती
बोली त्यो कोकिल, मुटुमा गढे झैं भो’
त्यै चन्चल नजरमा, यो हँस अडे झैं भो’
हो कि घर तिम्रो, परीहरूको वस्ती
अरू के भनौं, देखेको थिइन तिमीजस्ती
दिनमा होस सम्हालिन्छ, नींद नआइ हुने गार्हो
तरपनि यो छटपटी, लागिरा’छ किन प्यारो
मैले सिउँदो रगाँउँदा, देखिऔली कस्ती
अरू के भनौं, देखेको थिइन तिमीजस्ती …
*************************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com




