प्रभाव
जसले तिमीलाई देख्यो उही, कवि हुँदो रै’छ
मुटुभित्र नमेटिने, छवि हुँदो रै’छ
था’छ तिमीलाई आफ्नो रुपको, घमन्ड छ तर
सुन्दरताको अर्थ हामीलाई, बुझाउने गर
तिमीलाई हेर्न झुल्किएको, रवि हुँदो रै’छ
मुटुभित्र नमेटिने, छवि हुँदो रै’छ
पाएपछि डर लाग्ला, गुम्ने हौ कि भनि
जसलाई हेरयो नजरैले, चुम्ने हौ कि भनि
जसले तिमीलाई पायो पक्कै, मतलवी हुँदोरै’छ
मुटुभित्र नमेटिने, छवि हुँदो रै’छ
छटपटी यी तिमीले जति, दिएपनि तर
कुरा तिम्रो लगाउने, ठाउँ कहाँ छ र
मुद्दा हाले दैव सामु, मुल्तवी हुँदो रै’छ
मुटुभित्र नमेटिने, छवि हुँदो रै’छ …
– प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिकृयाका लागि :basantaprabin@gmail.com








