आहारशैली कस्तो हुनुपर्छ, एक चर्चा !

राजन बिडारी, काठमाण्डौ ।

के, खाने भनेको मन /मुड कै लागि हो र ? अर्थात् अहिले मेरो खाने मुड छैन भन्दै नखाइ बस्दा के हुन्छ ?  स-साना बालबालिका सम्म त कुरा बेग्लै तर यहाँ त ठुला र बुझ्ने उमेर भएकाले समेत अहिले मेरो खाने मन छैन.., भनेको सुनेकै हुन्छौ । के त्यसो भन्न उचित हो त ? मलाई त यस्तो वा उस्तो मात्रै रुच्छ भन्न सुहाउँछ र ? यस्तो अवस्थामा त्यो घरको भान्सेलाई कति पीडा होला, जहाँ हरेक परिवारका सदस्यहरुको रुचि र मुड अलग अलग खाना खानुमा छ । खान मन होस वा नहोस तर जरुरी छत्यस कुराको राम्रो हेक्का राख्न सकेका छौ त हामीले ?

हामीले खाना, बाच्नका लागि खादै आएका हौ कि, खान कै लागि बाचेका हौ ? अझ भनौ, स्वाद र जिब्रोका लागि खान्छौ कि शरिरका लागि ? अनि कताको खाना हामी रुचाउँछौ, घरको कि बाहिरको ? घरकै भान्सामा, मेरा अफ्ना परिवारका लागि भनी सचेतता पुर्वक उमेर, रोग र अवस्था अनुसार पकाएको खाना खान छोडी, नाफाको आडमा ब्यवसायिक ढंङ्गबाट तयार गरिएका खानाका परिकारहरुमा अधिकांशको मन किन गएको होला ? खाना कुन चाहिँ स्वस्थ्यकर होला, घरको कि बाहिरको ?

हाम्रो शरिरको शक्तिको स्रोत के हो ? शरिरका बाहिर/भित्री समग्र अवयवहरु अंङ्ग प्रत्यङ्ग सु-सन्चालन हुने आधारहरु के के हुन ? शरीरको बृद्धी, बिकास र विस्तारको साथै आवश्यक उर्जा, पोषण, कसरी पुर्ती होला ? दिमागी तागत, बुद्धि र असल चिन्तनको आधार के हो ? हामीलाई, प्रत्येक पल जीवित रहनका लागि, शरीर भित्र स्वचालित रुपमा चल्दै आएका अनेकौ प्रणालीहरु कुन उर्जाको आधारमा, साथ दिदै आएका छन् ? यी समस्त माथी उल्लेखित प्रश्नहरुको उचित जवाफ छ त, हामी सँग ?

खानपानका मामलामा यसरी नै गम्भिर किसिमले मनन् गर्दै तदनुरुपको व्यवहार र शैली पच्छ्याएका छौ त ? यदि छैन भने, अब आइन्दा सोच्नै पर्ने रहेछ भन्ने महसुस भयो कि भएन ?

ज्ञानी, योगी एवं तपस्वी महापुरुषहरुका अनुसार हाम्रो शरीर र मस्तिष्कले ३ प्रमुख स्रोतहरुबाट आवश्यक उर्जा प्राप्त गर्ने गर्छन । स्वस्थकर खाना, गहिरो-नबिथोलिएको निद्रा र प्राण उर्जा, अक्सिजन नै त्यस्ता शक्ति हुन, जसका माध्यमबाट तन, मन, असल भाव र बिचारहरु बन्ने गर्दछन । आजको यस आलेखमा, केवल खानाको कुरा मात्रै उठान गरि रहेका छु । खाना, केवल मुड र स्वाद अनुसार नभई  शारीरिक र मानसिक स्वास्थ्यका लागि अपरिहार्य छ, भन्ने आज सम्मको निचोड शेयर गर्ने कोसिस गर्दै छु ।

“मेरो खाना खाने मन छैन, यसर्थ खान्न” भन्न छोडौ, “खाने, मन अर्थात् मुडका लागि हैन, शरिरका लागि हो” ।

हामीलाई बोल्न, चल्न, हिड्न र दैनिक जीवनका अनेकन नित्य कार्यहरु सुचारु रुपले गर्न समेत कुनै न केही मात्रामा उर्जा आवश्यक त पर्छ नै । त्यसै माथी शरीर भित्र स्वचालित अनेकन प्रणालीहरु पनि त, यही खाना मार्फत प्राप्त उर्जा /वलले चल्ने न हुन । कार्यप्रकृती अनुरुप शारीरिक वा मानिसक कुन हावी छ ? कति र कस्तो मात्रा मिलाएर खानु पर्ने हो, त्यो पनि उत्तिकै आवश्यक छ, दिगो स्वास्थ्य र आरोग्यताको लागि ।

अनि यो वा त्यो मात्रै, अहिले नै वा पछि खान्छु भन्ने लहड, मुड र स्वादले मात्रै चल्ने रहेछ त ? कि आवश्यक पौष्टिकता, मात्रा र समयको अन्तराल मिलाइ होस पुर्वक खानु पर्ने हो ? अब पनि नसोचे, हामी ढिलो चाडो रोगी र जिर्ण शरीर लिएर तड्पिन बाध्य हुनेछौ र ठूलो परिणामको धन अनि समय त्यत्तातर्फ खर्चेर आफू साथै सिङ्गो परिवार, आफन्तजनलाई दुखित बन्न, अनजान मै बाध्य पार्दैछौ ।

त्यस्तै, खानाको अर्को सत्य पनि छ । त्यो हो, जस्तो खाना, उस्तै मन !  हामीले खाएका खानाहरुलाई पाचन प्रणाली मार्फत रस र छोक्रा दुई भागमा विभाजित भै एकभाग विकारको रुपमा र अर्को भाग उर्जामा परिणत हुने गर्दछ । विकार जति मलमुत्र र पसिनाको रुपमा निष्कासन हुने गर्द्छ । रस, पोषक तत्व चाही रक्त-प्रणालीमा मिसिएर शरीर भित्रका समस्त कोषहरु सम्म प्रषारीत हुने गर्दछ । त्यसैको आधारमा हामी भित्र सत्व,रज र तम गुण अर्थात् जस्तो खाना उस्तै मन बन्न जान्छ।

यसर्थ के,कति र कसरी खाने, नबुझी सुखै छैन ।  त्यस्तै मुड र स्वादको लागि नभै स्वस्थ्य शरीर र सही चिन्तनका लागि, उपयुक्त खानपान शैली नपच्छ्याइ धरै छैन । उमेर, रोग र अनि शरिरको प्रकृति -वात, पित र कफ अनुसार खानाको समिश्रण के कस्तो हुनुपर्छ ? पहिचान गरेरै भान्सामा सुधार ल्याउन अब जरुरी भै सक्यो । अब पनि मिल्दा र पाउँदा सम्म खाउँ, पछि जे त होला, देखाजायगा भन्ने मनोभाव त राख्नै भएन ! रोग लाग्ने र मर्ने कहिले हो, अहिल्यै देखि नै के को डरायर बाच्नु ? भन्ने ज्याद्रोपन त केवल तत्कालको आत्मरती सिवाय केही हैन ।

नत्र, जवानीको लापर्वाही कै कारण, पछि आएर खानाको सट्टामा औषधि सेवन गर्दै घरलाई नै अस्पताल बनाउन नपरोस । उमेर छँदा होस गरिएन, जतिखेर होस आयो, तब पश्चाताप बाहेक केही बाकी रहेन भन्ने नहोस ।

अन्त्यमा हजुर समस्त आदरणीयरआत्मीय जनमा पाठक वृन्दमा सविनय अनुरोध यो छ कि, कृपया यस आलेखलाई  जान्ने भएर गफ छाटेको, आफुलाई के के न बिज्ञ मान्दै कति न सिकाउँदो, वा उस्कै पनि त के गति होला र .. भन्दै नकारात्मक भावमा कति पनि नलिइदिनु होला । यी सब घर घर कि कहानी झै भएको र पछिल्ला दिनमा अधिकांश सर्ने जटिल खालका घातक रोगहरु, गलत खानपान शैली कै कारण सृजित भएकाले, त्यसो नहोस भनी असल मनसायका साथ पोखिएका अनुभवजन्य भावहरु हुन । धन्यवाद:

GSPSS आजीवन सदस्य /अन्तराष्ट्रीय योग शिक्षक /केन्द्रिय सदस्य- राष्ट्रिय योग परिषद ।

सम्बन्धित शिर्षकहरु