राजन लोहनी
जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था सहृदयता अन्तरराष्ट्रिय दक्षिण कोरियामा लामो समयदेखि तदर्थ समितिको रुपमा रहेर रचनात्मक र जनचेतना मुलक कार्य गर्दै, गराउंदै आइरहेको समिति मिति २०७८ कार्तिक २८ गते भङ्ग गरी औपचारिक रुपमा नयाँ कार्यसमिति गठन भएको छ | निर्वाचन मण्डलका संयोजक पंकज दाहालले राख्नु भएको प्रस्ताव सर्व सम्मतिबाट पारित भएको थियो | जुमतन्त्र प्रविधिको प्रयोग गरी उक्त सत्संग संचालन गरिएको थियो |
नयाँ कार्य समितिको विवरण निम्नअनुसार रहेको छ |
- अध्यक्ष – अच्युत पौड्याल
- उपाध्यक्ष – मनोज भुसाल
- महासचिव – सहदेव पौड्याल
- सचिव – ऋषि राम भण्डारी
- कोषाध्यक्ष – किशोर भेटवाल
- सदस्यहरू
- उत्तम सिलवाल
- इन्द्र चौधारी
- श्री प्रसाद आचार्य
- ध्रुव गाैतम
- पंकज दाहाल
- सागर पौड्याल
- सुरेश थारु
- मदन कुमार पौड्याल र
- निर्मल ज्ञवाली रहनु भएको छ भने सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार श्री राम थापा, अर्जुन गिरी र नरेश नेपाल हुनुहुन्छ |
सत्संगको शुरु दीप प्रज्वलन, राष्ट्रिय गीतबाट भएको थियो र सहदेव पौड्यालले स्वागत मन्तव्य राख्नु भएको थियो | तदर्थ समितिको कार्य प्रगति विवरण किशोर भेटवालले प्रस्तुत गर्नु भएको थियो | सहृदयता अन्तरराष्ट्रियका सचिव तथा संगठन विभाग राजन लोहनी, सहृदयता अन्तरराष्ट्रिय महासचिव योगेन्द्र चुडाल, सहृदयता अन्तरराष्ट्रिय इजरायल अध्यक्ष अर्जुन पोखरेल “प्रेम”, सहृदयता अन्तरराष्ट्रिय युएई अध्यक्ष झुमनाथ न्यौपाने, सहृदयता अन्तरराष्ट्रिय पोर्चुगल अध्यक्ष छवि पौडेल, सहृदयता अन्तरराष्ट्रिय माल्टा संयोजक रिना कार्कीले शुभकामना तथा बधाई सन्देश दिनु भएको थियो |
त्यसैगरी पूर्वीय कला संस्कार अनि नेपाली संस्कृतिको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित आध्यात्मिक संस्था सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स ) दक्षिण कोरियाका प्रतिनीधि कमल भण्डारी, प्रेमराज अधिकारी, एकराज दाहाल ज्युले शुभकामना सन्देश, बधाई तथा पाँच-स को उदेश्य सहृदयता अन्तरराष्ट्रियसँग मिल्ने हुँदा सहकार्यका लागि तत्पर रहेको जानाकारी दिनुभयो |
जरोकिलो महाअभियानका संकल्प, आह्वान, स्थापनाकर्ता तथा सहृदयता अन्तरराष्ट्रियका अध्यक्ष युगद्रष्टा गुरु डा. निर्मलमणि शुभकामना सन्देश दिनुको साथै सहृदयता अन्तरराष्ट्रियता र जरोकिलो महाअभियानको बारेमा प्रष्ट पार्नुका साथै नव गठित कार्यसमितिलाई सङ्कल्प समेत गराउनु भएको थियो | गुरुले दिनुभएको सन्देश हेर्न भिडियो लिंक भित्र जानुहोला |
नव गठित कार्यसमितिको तर्फबाट ऋषिराम भण्डारीले मन्तव्य राख्नु भएको थियो | सत्संगको सभाध्यक्ष श्रीराम थापाले गर्नु भएको थियो भने संचालन मनोज भुसालले गर्नु भएको थियो |
सहृदयता अन्तरराष्ट्रिय कस्तो संस्था हो त ?
सहृदयता अन्तरराष्ट्रिय को कार्यक्षेत्र सारा विश्व हो पछि यसको सदस्यता संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि व्यक्तिहरुले लिन सक्नेछन् (यदि उनीहरू नेपाललाई नयाँ वैश्विक संरचना को अग्रणी एवं केन्द्र बनाउन सहमत हुन्छन् भने) । हालचाहिँ यसको सदस्यता संसारका सबै देशमा रहेका नेपालीमूलका व्यक्तिहरु (People of Nepali origin) ले लिन सक्नेछन् । अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनको सहभागिता यो अन्तरराष्ट्रिय अभियानमा रहोस् भन्ने हाम्रो प्रयत्न हुनु पर्छ । सहृदयता अन्तरराष्ट्रियको नाम र काम दुवैका हिसाबले नै यो एक अन्तरराष्ट्रिय संस्था हुने भएकाले यसलाई नेपालभित्रको दलीय राजनीतिक गुटबन्दीबाट टाढा राख्नु जरुरी हुन्छ । अर्थात्, यो एक गैरराजनीतिक संस्था हो, यो सांस्कृतिक, सामाजिक संस्था (non-political, cultural, social organization) हो । यसको कार्यक्षेत्र सारा विश्व हो । सहृदयता अन्तरराष्ट्रिय सदैव सांस्कृतिक, सामाजिक संस्थाका रुपमा रहनेछ र दलीय राजनीतिबाट पृथक् रहनेछ । नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र (the leader and center of new global order in the making) बनाउनका लागि संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि मानवसमक्ष हाम्रो सन्देश पुर्याउनु र उनीहरूले हाम्रो आह्वानलाई स्वीकार गरी सहयोग समेत गर्नु अनिवार्य हुन्छ; नत्र नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउन सकिँदैन । संसारभरका नेपालीइतर मानवहरुले पनि नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने हाम्रो महाअभियानमा हाम्रो मद्दत गर्न सकून् भन्ने ख्याल राखी सोहीअनुरुप तयारी गर्नु हाम्रै कर्तव्य हो । तसर्थ, अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनको सहृदयी सहभागिता र सहयोग वाञ्छनीय छ । संसारभरि रहेका नेपालीजनको सहृदयी सहभागिताका लागि सहृदयता अन्तरराष्ट्रियआरम्भ गरिएको हो | यसको सङ्कल्प २०७२ सालको घटस्थापनाको दिन र स्थापना २०७२ सालको श्रीपंचमीको पावन तिथिमा भएको थियो |

सहृदयता अन्तरराष्ट्रियताको फेसबुक लिंक यस प्रकार रहेको छ | https://www.facebook.com/SahridayataInternational/









