अन्तराष्ट्रिय योगगुरु ‘आर्चाय राजन शर्मा’ को ३० दिनको नेपाल बसाईमा ४४ वटा कार्यक्रम, कहाँ के-के भए?

काठमाडौं । नेपाललाई योगभूमीको देश भनि चिनाउने अभियानमा लाग्नु भएको अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटा मंगलवार अष्ट्रेलिया फर्किनु भएको छ ।

एक महिनाअघि नेपाल आउनु भएका विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु शर्मा विभिन्न कार्यक्रम गरि अष्ट्रेलिया फर्किनु भएको हो ।

उहाँको बिदाइको लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सयौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।

दार्शनिक चिन्तक, सकारात्मक सोच अभियान्ता शर्माले नेपालमा रहँदा लोकप्रिय कार्यक्रम गर्नभएको थियो उहाँलाई सशस्त्र प्रहरी बल, नेपाली सेना, बैंक कलेज लगायत विभिन्न ठाँउमा कार्यक्रम गर्नु भएको छ ।

३० दिनको नेपाल बसाईमा के के भए ?

३० दिनको नेपाल बसाईमा उहाँले नेपाली सेना , सशस्त्र प्रहरी , विभिन्न ब्याङ्क, कलेज लगायत १७ संघ संस्थामा उत्प्रेरणात्मक शिविर गर्नु भएको थियो ।

मेलम्ची सिन्धुपाल्चोकमा योग धाम आश्रम उद्द्घाटन देखि पोखरा कैलाली, बांके , नेपालगन्ज , बुटवल , पोखरामा योग साधना हलको शुभारम्भ समेत गर्नु भएको थियो ।

दुई जुम्ल्याहा कृतिहरुको एकैसाथ दुइ जुम्ल्याहा कृति (सुखसुत्रको अंग्रेजी अनुवाद Key to happiness र (योग दर्शन र प्राचीन चिकित्सा) विमोचन समेत भएका छन ।

४ टेलिभिजन र ५ रेडियो र दर्जनौं संचार माध्यममा योग गुरु देश बनाउंने वार्ता , नेपाली सेना देखि सशष्त्र प्रहरी सम्मका विभिन्न गण र गुल्मलाई योग शिक्षक प्रशिक्षण र राष्ट्र जागरण तालिमा तथा शिविर, ४०० भन्दा योगीहरु विच अन्तराष्ट्रिय योग शिक्षकको दिक्षान्त समेत भएको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त ४०० भन्दा बढि योग शिक्षकहरुको दिक्षान्त समारोह समेत भएको थियो । आचार्य श्रीको आशिर्वादका साथ २०० र ४०० घण्टे परिक्षा उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक हरु दीक्षित भएका हुन ।

त्यस्तै लुम्बिनी र पशुपति बिकास कोषबाट बाट अष्ट्रेलियाको पशुपति नाथ बुद्द धामूलाई माटो हस्तान्तरण, प्रथम विश्व ध्यान दिवस घोषणा कार्यक्रम समेत भएको छ ।

गुरुकुल ,शक्त्ति पिठ , मन्दिर , गुम्वा ,ध्यान,गौशाला लगायत १४ अध्यात्मिक केन्द्रहरुमा अध्ययन भ्रमण र प्रवचन , अध्यात्मिक अगुवाहरु सँगको मिलन , विभिन्न परिवार विच व्यक्तिगत र पारिवारिक समस्याको समधानमा एकल वा सामुहिक परामर्श सेवा , हजारौलाई प्रत्यक्ष रुपमा योग तथा प्राकृतिक चिकित्सा सेवा उहाँले यसै अवधिमा गर्नुभएको छ ।

विमान स्थलदेखि सबै प्रदेश ,जिल्लाका कार्यक्रम सयौंको संख्यामा उपस्थित रहेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राख्नु भएको थियो ।

महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुनुहुन्छ । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुनुहुन्छ ।

अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु