हनुमानजीबाट सिक्न सकिने संकटका १०उत्प्रेरणा(भिडियो )

हनुमानजी बाट सिक्न सकिने संकटको उत्प्रेरणा

असनेपालन्युज न्युज,आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) । श्रीहनुमानजी ईतिहासका मिथक हुन् वा अलौकिक दिव्यमहापुरुष , शिवजीको दिव्य अवतार हो वा अन्य कुनै । उहांलाई जसले जसरि चिने पनि प्रेरणा भने सबैले लिन सकिन्छ । संकट मोचनका देवताका रुपमा चिनिनु हुने श्री हनुमानजी बाट सिक्न सकिने निम्न प्रेरणा छन्:
१ हरेक ब्यक्तिमा महाशक्त्तिशालि बल लुकेको हुन्छ ,कसैले आँफै थाहा पाउंछन् त कसैले प्रेरणा मिले पछि।
२ जे काम र पेशा गर्नुहोस् त्यसमा इमान्दार बन्नुहोस्। इमान्दारहरुलाई नै ईतिहास र युगले सम्झन्छ .
३ पद र पेशा सानो ठुलो हुंदैन , कर्तव्य र ईमान्दारितामा नै मान्छेको उचाई नापिन्छ .
४ चाहे सुर्य होस् वा सकारात्मक विचार , दुवैले जीवनलाई प्रकाशित पार्छन्।
५ ब्रम्हचर्यमा अपरिमित बल हुन्छ ,बल खर्चिने, सन्तुलित बन्ने वा नबन्ने आफ्नै हातमा छ ।
६ जसको प्राप्तिमा अहंकार र गुमाईमा दु:खाई हुंदैन त्यो नै महान हो ।
७ मान्छेको उचाई पैतला बाट हैन , घाटी भन्दा माथि नापिन्छ ।
८ जति अद्र्श्य बस्तु छ त्यति नै शक्तिशालि हुन्छ ।
९ संकटको शक्ति धैर्यता र विवेक हो भने सामान्य अवस्थाको शक्ति विना स्वार्थको कर्म ।
१० हरेक संकट टरेर जान्छ , नदीको पानी र समस्या कहिल्यै स्थिर बनेर टिक्दैनन्।
११ सुर्य जस्तै चम्कन जल्न सक्नु पर्छ, वायु जस्तै बलबान बन्न चल्न सक्नु पर्छ ।
१२ स्थिर मन संसारको सुखि मन हो , उसलाई जस्तो संकटमा पनि विचलित हुनु पर्दैन .
१३ योग बल नै संसारको महाबल हो , शरीर, मन र आत्म शक्ति बढाउंन योग साधना गर्नुहोस्.
१४ मन भन्दा ठुलो शक्तिशालि डर अरु छैन , मनलाई निर्भयको तालिम दिनुहोस् मन डराएन भने संसारमा अरु कसैले डर देखाउंने छैन।
१५ संकट र थकानमा विश्राम र धैर्यताको नशालिनुहोस्। जीवनलाई तत्काल उर्जा मिल्ने यस्तै अन्य उत्प्रेरणाका लागि यो भिडियो अवश्य हेर्नु होला :

सम्बन्धित शिर्षकहरु