आमा र ‘बा’हरु मृत्‍युले कहिल्यै मर्दैनन् !

स्व माता मैंया टाकुमारि तथा स्व पिता शिव प्रसाद सापकोटा । २० वर्ष पूर्व ।

आमा र ‘बा’हरु मृत्‍युले कहिल्यै मर्दैनन् !

 

तिमीले चुसाएको छात्तिको सिर्का बाटै
सिर्जिएको रगत
म भित्र तिमी बनेर कुदि रहेको छ ।

लोलाउंनै लाग्दा , सुटुक्क मुई खाएर
ममताको न्यानो थाङ्नोमा गुटुमुटु पार्दै
सुताएको आनन्दको अनुभुति अझै स्‍मृतिमा
पटलमा ताजै छ ।
परिवारको आंखा छल्दै
हर्पेको घिऊ कर्केलि भरि उठाएर क्वाप्प

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

खुवाएको बल
मांशपेशि भरि अझै ताजै छ ।
तिमीले पुष्टकारी किन्न दिएको एक सुका र त्यसले दिएको खुसीलाई
अहिले सम्मको कुनै कमाईले जित्न सकेको छैन।
संसार बदल्न पहिला आफ्नै बानी बदल्नु ,
सुन्नु अरुलाई , गर्नु भरोसा आँफैलाई भन्ने तिम्रो उपदेशलाई
आजसम्म पढेका र दिमागमा गढेका
कुनै दर्शनले पनि हराउंन सकेका छैनन्।
तिम्रा स्वरले अनि ,स्नेहले बोलाएको नामको ध्वनि
अझै यो कानमा गुन्जीरहेको छ ।
त्यसैले तिमी छैनो
भन्ने विश्वास गर्नै मन छैन आमा मलाई।
धर्तिमा उम्रिएको फुल , झरेर पनि धर्तिमै मै समाहित हुंदै  ,

बांचेकाहरु विच मल र पोषण बने झैं ,
मरेर पनि मान्छे
प्रियजनको र्हिदयको कुनामा
ताजा संझना र प्रेरणा बनेर बांचिरहने रहेछ ।
दुनियाँंले जे भनुन्, तिमी रहिनौं भनेर, मलाई पत्याउंनै मन छैन ।
तिमी नहुनु , टुहुरो हुनुको अनुभुति मात्र हैन
तिमी संग बेग्लै संसारमा नजिक हुनु पनि रहेछ आमा ।
तिमी मेरै अगाडि चितामा खरानी भएकि हौं .
तर आमा ,आंशुको बाटो हुंदै तिमी र्हिदयको केचनाचलमा
अझ गडिएर अमर सिहासन जमाएकि छौं ।
तसर्थ म जस्तै हुनेहरुलाई
म भन्छु , आमाहरु” बा” हरु मृत्‍युले कहिल्यै मर्दैनन्
छामि हेरत , शरीर भरि प्राण बनेर ,
आवाज भरि सिकाई बनेर
जीवनभरि संझना बनेर बांची रहेका छन्न,
जसरि कि पात पहेंलो बनेर झरेपनि
हरियाली पालुवामा सार्दै ,
त्यहि हरियालिको वंशाणुमा बांचि रहेका हुनेछन्,
सन्तान र दरसन्तानको खुसी हरुमा ।
त्यसैले तिमीलाई सम्झेर मैले नदुख्ने अठोट गरें आमा ।
विन्ति दुनियाँ आमा गुमाएका ‘म’ हरुलाई अब टुहुरो नभन ।

!! अस्तु !!

~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

सम्बन्धित शिर्षकहरु