गजल
देशमा शान्ती ल्याउँछु भन्दै हतियार बनायो
उसले देश लुटी खाने एउटा आधार बनायो ।
हत्या हिंसा बलात्कार बढी रह्यो सधैंभरि
शान्ती र सम्मृद्धि छ भन्दै समाचार बनायो ।
पार्नु थियो देशलाई लथालिङ्गै पारिसक्यो
आफु बन्यो अनि आफ्नो परिवार बनायो ।
जेजे गर्यो गरि रह्यो बिरोध भएन कहि कतै
पुलिस प्रशासन अनी आफ्नै पत्रकार बनायो ।
जिआर गौतम
मानेभन्ज्यागं ओखल्ढुंगा





