सिड्नी । नयाँ वर्ष सन् २०१७ को स्वागततार्थ शनिबार मध्येरात संसारभर आकर्षक आतिसबाजी भए । तर, ध्यान खिच्यो सिड्नीले ।
सिड्नी हार्वरमा दुर्लभ आतसबाजी भएको हो । उक्त आतसबाजी झण्डै १५ लाख मानिसले एक साथ अबलोकन गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिड्नी हार्वर फायरवक्सका बिषयमा केही रोचक तथ्यहरु समेत छन् ।

सिड्नीकोको न्यू इयर इभ सेलिब्रेसन संसारकै सबैभन्दा धेरै हेरिनेमध्ये एक हो । पेरिस, लण्डन, बर्लिन र न्यूयोर्कमा भन्दा यहाँ धेरै मानिसले प्रत्यक्ष आतिसबाजी हेर्छन । आतिसबाजी प्रत्यक्ष हेर्न झण्डै १५ लाख मानिस उपस्थित हुन्छन भने २६ लाख भन्दा धेरै मानिसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने गर्छन । बिश्वभर करिव १ अर्ब मानिसले सिड्नीको फायरवक्स हेर्ने गर्छन ।
आधुनिक प्रबिधियुक्त यो आतिसबाजी आयोजना गर्न सिड्नी सिटी काउन्सिलले
झण्डै ७२ लाख डलर खर्च
गर्दछ भने एक दिनको ब्यापारबाट मात्रै १३३ मिलियन डलरको योगदान अर्थतन्त्रमा हुने गर्छ ।
आतिसबाजीको तयारीका लागि झण्डै १५ महिनाको तयारी हुने गर्दछ । यो बर्षको आतिसबाजी हुनु अगाडी नै काउन्सिलले अर्को बर्षको आतिसबाजीका लागि तयारी सुरु गरिसकेको छ । यो वर्ष ५ हजार घण्टाको तयारीपछि यो इभेन्ट हुन लागेको छ ।
न्यू इयर इभमा हार्बर ब्रिजमा दुईपटक आतिसबाजी हुन्छ । फेमिली र बालबच्चाका लागि राती ९ बजे र मुख्य आतिसबाजी राती १२ बजे हुने गर्छ ।








