नारी दिवस यसरी जम्दैछ अस्ट्रेलियामा

असनेपालन्युज,सिड्नी , गैरआवसिय . नेपाली संघ ( एन आर एन ) भगीनी संस्था नारी निकुञ्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवसलाई यस वर्ष पनि एक विशेष पर्वको रुपमा मनाउने भएको छ ।
आगामि मार्च छ तारिखका दिन पारेर एक रात्री भोज मार्फत सो दिवस मनाउने तयारी गरेको हो । निकुन्जले एक विज्ञ60960_312960692143476_648493461_n slider14-905x340 प्ति जारी गर्दै ‘ घरेलु हिंसा र जनचेतना अभिबृद्धि गर्नका निम्ति जानकारीमूलक सेसनका साथै च्यारिटी डिनरको’ पनि आयोजना गर्ने भएको जनाएको छ । सफायर फ्यानग्शन सेन्टर अबर्न मा सो कार्यक्रमको आयोजना गर्ने भएको हो । सिर्जनाका स्रोत नारीहरूको महत्वलाई प्रवासमा थप उजागर गर्न सो कार्यक्रमको आयोजना गरिएको निकुन्जका तर्फ बाट सचिब प्रतिज्ञा अधिकारी असनेपालन्युजलाई बताउनुहुन्छ ।
अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज द्वारा सिड्निमा आयोजित महिला साहित्य सम्मेलन तथा विश्व कवि गोस्ठि का पाहुना हरूलाई समेत नारी निकुन्जले आफ्नो रात्रि भोजमा स्वागत गर्ने जनाएको छ । यसैगरी निकुञ्जले आफ्नो सँस्न्थागत परीधिलाई फैलाउंदै विभिन्न स्टेटमा तन्काएको छ । जहाँं निकुञ्जले आफ्ना कर्मठ सदस्यहरू विस्तार गरेको छ । यस अभियानलाई अस्य्ट्रेलिया भर अझ सशक्त पारीने जनाईएको छ । यस अभियान अन्तर्गत कुईन्स्ल्यान्डमा ज्ञानु आचर्य लोहनी, भिक्टोरियामा पारु कंडेल, अष्ट्रेलियन क्यापिटल टेरोटोरी क्यानबेराबाट अन्जना खनिया , नदर्न टेरिटोरीबाट मिनु गुरुङ, साउथ अष्ट्रेलियाबाट सन्जु साउद, वेष्टर्न अष्ट्रेलियाबाट सुसन रेग्मीलाई मनोनयन गरिएको छ । यसैगरी संस्थामा बर्षा राजभण्डारी , राधिका बनिया, सन्ध्या शाह , र रिचा रजौरियालाई सदस्य पदमा मनोनयन गरिएको निकुञ्जले सार्वजनिक गरेको छ ।

नारी निकुञ्जले सदा झैं आफुले संकलन गरेको रकमलाई परोपकारी कर्ममा लगाउने जमर्को गर्दै आएको छ   । यस  अघि नेपालमा पाठेघर खस्ने समस्याको उपचारका लागि आफ्ना सत्कर्मका हातहरू लाई अघि बढाएर आफ्नो साख लाई यो संस्थाले उचाईमा पुर्याएको थियो ।   यस वर्ष नेपालको संस्था सहयोगी नेपालको सहकार्यमा खोटाङ जिल्लामा २० जना महिलाहरुको उपचारमा सहयोग गर्ने भएको छ ।

सम्बन्धित शिर्षकहरु