
महेश्वर शर्मा असनेपालन्युज ,सिड्नी । सिड्नीमा कवियीत्री उषा शेरचन र कवि धनराज गिरीको रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
साताको साहित्यको आयोजनामा आईतवार ५५२ प्रिन्सेस हाइवे रक्डेलमा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा शेरचन र गिरीले कविता,मुक्तक र गजल लगायतका रचना सुनाएका थिए।
सिड्नीमा रहेका बरिष्ठ साहित्यकारहरु केदार पोखरेल,नवराज कार्कि साथै फिजीकालागि नेपाली साँकृतिक दुत ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार भीमसेन सापकोटा,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज NSW का अध्यक्ष महेन्द्र पौड्यल, नेपाली पत्र का अस्ट्रेलियाका सम्पादक ऋषि आचार्य साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु लगायत नेपाली साहित्यलाई माया गर्ने साहित्यप्रेमिहरूको बाक्लो उपस्थिती थियो।
रकडेलमा भएको उक्त कार्यक्रममा शेरचन र गिरीले प्रवासको व्यस्त समयमा पनि साहित्यलाइ माया गर्ने सबै प्रति आभार प्रकट गरेका थिए। कार्यक्रम सफल बनाइदिएकोमा साताको साहित्यका सम्पादक निष्प्रभ सजीले सबैलाइ धन्यबादका रसिक अभिब्यक्ति दिएका थिए।
मुक्तकः उषा शेरचन
चाह
यस्तो जीवन छाँट्न सकौँ जहाँ घात प्रतिघात कतै नहोस्
यस्तो जीवन साँच्न सकौँ जहाँ घृणाको बास् कतै नहोस्
जन्मे पछि आखिर मर्नै पर्ने दुईदिनको यो झुट्टो चोलामा
यस्तो जीवन बाँच्न सकौँ कि अन्त्यपछि पनि अन्त्य नहोस् ।








