सिड्नीमा तामाङ ल्होछारको यस्तो रौनक

अस्ट्रेलिया, पछिल्लो समय सिड्नीमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुने क्रमले निकै तिव्रता पाएको छ । यसैसन्दर्भमा फेब्रअरी १३ तारिखमा तामाङ सोसाइटी अफ सिड्नी अस्ट्रेलियाको आयोजनामा सिड्नीमा बृहत् तामाङ ल्होछार आयोजना हुने भएको छ । ल्होछारको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका तर्फबाट अरुण  तामाङले असनेपालन्यूजलाई जानकारी दिए ।

सिड्निको ल्होछार कार्यक्रमका लागि नेपालबाट बरिष्ठ कलाकार प्रेम लोप्चन र इन्दिरा गोले अस्ट्रेलिया आइपुगेको तामाङको भनाई छ । उनीहरू मेलवर्न, एडेलेडमा पनि प्रस्तुती दिनेछन् । सिड्नीको कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने उनले बताए ।

तामाङ संस्कृतिमा आधारित गीत नृत्य र नृत्यमा सेलो, कन्टेम्पोरी, र्याप गीत आधुनिक नृत्य रहने उनको भनाई छ । ‘हामीले तामाङ समूदायलाई मात्र नभई सबैलाई मनोरञ्जन दिने उद्देश्य राखेर साथै नेपालको विविध संस्कृतिको जगेर्ना र नेपाली समूदायको परिचय विस्तार गर्न कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने।

‘यो हाम्रो पहिचान विस्तारको महत्वपूर्ण11050273_933435540009462_1119353913258902238_o12646919_982302505195887_7008334789035500587_o अवसर पनि हो । सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो समाज र अस्ट्रेलियाको समाजको विशेषता भनेकै बहुजातीय समाज, विविधतामा एकता, मल्टिकल्चर सोसाइटी हो,’ उनले भने, सबैखाले प्रस्तुतीका माध्यमबाट त्यसको उजागर गर्छौं ।’

तमाङ समाज द्वारा जारी  विज्ञप्ती 

लास्सो, फ्याफुल्ला!

तामाङहरुको महान चाड ल्होछार नजिकै अाइसकेको हुदाँ यहाहरु समक्ष ल्होछारको बारेमा केही शब्द लेख्ने जमर्को गरेको छौ।
हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न अादिवासी जनाजातिहरुले मनाउने चाड हो । विभिन्न बाह्रवटा जनावरहरुमा अाधारित आफ्नो उमेर गन्ने परम्परा हो ।कुनै बालबालिका जन्म हुदाँ ऊ जन्मेको बर्षलाइ कुन जनावरमा समर्पित गरिएको छ त्यही अनुसारले लामा गुरुहरुद्वारा महायान बुद्धधर्म अनुसार को पात्रो हेरेर उसको वर्ग वर्ग निर्धारण गरिन्छ । उनको बर्गले ऊसको विवाह, महत्वपूर्ण कार्यको शुरुवात् आफ्नो व्यवसायिक साझेदार तथा उनले गर्नुपर्ने व्यवसायको छनोट आदि, उसको भावि जीवनको हरेक पक्षमा अहम भमिका खेल्छ।हाम्रो समाजमा यस्ता परम्परागत सस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगेको जानकारै छन् । हाम्रो पुर्खाहरुले छाडेर गएको अमुल्य नासोहरु मध्ये ल्होछार पनि एक हो। यस पटकको बाँदर बर्ग हाम्रो आगनमा आइपुगेका अवस्थामा हामी सबैले यस्ता चाडपर्व ब्यक्तिगत वा सार्वजनिक रुपमा मनाइ यसको विकास गरी हाम्रो समाजको मौलिकतालाइ जीवन्त राख्न तामाङ समाज सिड्नी तपाईंहरू सबैलाई अपील गर्दछ। नेपाली सस्कृतिलाइ जीवन्त राख्ने उद्देश्य लिदै
सिड्नीका स्थानीय कलाकारहरु र आमन्त्रित कलाकार द्वय प्रेम लोप्चन र इन्दिरा गोले गुरुङको साथमा यही आउँदो १३ फेबुररी २०१६ शनिबार पिटरशाम टावन हलमा भव्यताका साथ “ल्होछार कार्यक्रम २०१६”हुन गइरहेको हुनाले अष्ट्रेलिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई यस कार्यक्रममा पालिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति :- १३ फेब्रुरी २०१६
स्थान :- 107 Crystal St. Petersham Town Hall
समय :- साझ 5 बजे
तामाङ समाज सिड्नी

सम्बन्धित शिर्षकहरु