असनेपाल न्युज ,सिड्नी । शैक्षिक परामर्शदाताहरुको छाता संगठन, अर्थात ‘एका’ मा नयां अगुवाहरू को चयन भएको छ । निर्विरोध चयन भएका यी पदाधिकारीहरू बाट नेपाली व्यावसायमा मात्र नभै विध्यार्थीहरूको हितमा नयाँं काम हुन सक्ने कुराको अपेक्ष्या गरिएको छ । हालाई अाफ्ना पदाधिकारीहरूलाई निर्विरोध चयन गरेर एका’का पदाधिकारीइहरूले आपसि समन्वयको एक उदाहरण पेश गरेको उनिहरूको असनेपालन्युज सँगको प्रतिकृया रह्यो । चुनिएका नयाँं रथीहरूमा निरज श्रेष्ठको भुमिका अध्यक्षमा नेतृत्व रहने गरि 
उनिहरूले ,उपाध्यक्षमा भुपाल सिटौला र बद्री जैसी, सचिवमा सुरज श्रेष्ठलाई पनि चयन गरेको छन् । अन्य पदाधिकारीहरूमा , सहसचिव राजमान थकाली, कोषाध्यक्षमा सुभांशप्रसाद साह र सदस्यहरुमा बालचन्द्र भट्टराई, सन्दीप खनाल, अभिमानसिंह बस्नेत, नारायण कोइराला र कमल लामिछाने निर्विरोध चयन भएका छन् । हालै सिड्नीमा सम्पन्न तेश्रो साधारण सभाले कार्यसमितिको यो नयाँं रुप दि एको हो , जहाँं नेपाली ब्यवसायीहरू झन्डै ३ दर्जन भन्दा बढीको संख्यामा सहाभागि थिए । कल्याणकारी
कोषको निर्माण गर्ने , विध्यार्थी समस्यालाई गुणात्मक रुपमा सम्वोधन गर्ने लगायतका सवालहरू लाई आफुले अघि बढाउने अध्यक्ष श्रेष्ठ असनेपालन्युजलाई बताउनु हुन्छ । नेपालबाट विध्यार्थीहरू आउने क्रम बढि रहेको यो परीवेशमा ब्यवसायीहरू थाप जिम्वेवार हुनुपर्ने तथा यसमा आफुहरूले थप उदाहरणिय भूमिका निभाउने उपाध्यक्ष भुपाल सिटौला को भनाइ छ । भिक्टोरिया विश्वविध्यालयामा अध्ययन रत नम्रता सुवेदी भन्छिन् , परामर्शदातहरूले विध्यार्थीहरूलाई सेवा दिने एक कल्याण कारी कोष , तनाव व्यवस्थापन कार्यशाला , काम र जीवन शैली को सल्लाह जस्ता कुरामा ध्यान दिनु पर्ने बताउंछिन्। व्यवसायिक स्वस्थताका लागि यो छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्टस एलायन्सलको स्थापना भएको हो ।
यस अघि सो कार्यसमितिमा नेपाली ब्यवसायी मध्येका पदाधीकारीहरू निम्न थिए ।
Executive Team (2014-2016)
| EXECUTIVE COMMITTEE MEMBERS OF AECA (Australian Education) | ||
| Name | Position | Company |
| Biwek Thapa | President | Opal Consulting Pty Ltd |
| Dr. Mahesh Singh Bhandari | Vice- President | Mero Consultancy |
| Ram Shrestha | Vice- President | Nepcoms Services |
| Sanjeev Pandey | Secretary | Mandala Consultancy |
| Kirtu KC | Joint Secretary | Bizz Education Australia |
| Sandip Khanal | Treasurer | Oceania Education Solutions |
| Deepak Agrawal | Member | Australia Education & Career Consultants (AECC) |
| Kamal Lamichhane | Member | Alfa Beta Education & Migration Services |
| Matrika Bimoli | Member | First Choice Group Australia |
| Moni Limbu | Member | TWG Ghothane Immigration |
| PR Adhikary | Member | Rights and Associates Pty Ltd |
| Subansh Prasad Sah | Member | Vibrant Education Consultancy |








