

महेश्वर शर्मा , असनेपाल न्युज सिड्नी। कवि तथा पत्रकार भीमसेन सापकोटालाई नेपालबाट आउनुभएकी प्रा डा गार्गी शर्मा र अनेसास संस्थापक अध्यक्ष होम नाथ सुवेदीले संयुक्त रुपमा एक विशेष कार्यक्रम बिचसिड्नीमा अनेसास ” Board of Trustees’ को प्रमाण पत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभयो। सापकोटाले साहित्य,समाज साथसाथै फिजीमा रहेका नेपालीहरुमा हराउन लागेको नेपाली भाषाको उत्थानमा दिनुभएको योगदान माथि अनेसास संस्थापक अध्यक्ष होम नाथ सुवेदीले चर्चा गर्नुभएको थियो।प्रा डा गार्गी शर्माले विश्व काव्य गोष्ठीका संयोजक समेत रहेका सापकोटा सालिन स्वभावका एक कुशल बक्ता साथै,बहुमुखि प्रतिभाका धनी रहेको वताउंदै स्रस्टा र साहित्य प्रेमिको सम्मान समग्र साहित्य कै सम्मान हो भन्नु भयो ।सापकोटा गणतान्त्रिक मुलुक फिजीकालागी नेपाली साँस्कृतिक राजदुत तथाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स द्वारा आयोजीत “दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी” महोत्सबमा सापकोटाको कृती कविता संग्रह “प्रश्नमा ईश्वर” विमोचन गरिएको थियो।
सिन्धुपाल्चोकमा जन्मिनुभएका सापकोटा हाल सिड्नी अस्ट्रेलियामामा बस्दै आउनुभएकोछ। पेशाले प्राध्यापक पत्रकारिता,शान्ति प्रवद्वर्न अंगाल्नुभएका सापकोटाले अर्थशास्त्र,पत्रकारिता र अकाउन्टमा स्नाकोत्तर साथै फलित ज्वतिष विज्ञान र नेपाली साहित्यमा स्नातक गर्नुभएको छ। रेडियो नेपाल,नेपाल टेलिभिजन,नेपाल समाचार पत्र,सिड्नीको एम एन टिभी लगायत थुप्रै रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा अनुभव संगाल्नु भएका
सापकोटाको यो दोस्रो कृती हो। यस अघि उँहाको भत्किएको पर्खाल पूणार्ङकी नाटक वि.स. २०६१ मा प्रकासित भईसकेकोछ।
सन् २०१५ मा नेपाल सरकारद्वारा ‘भानु स्वर्ण पदक’ बाट बिभुषित सापकोटा थुप्रै पदकहरूबाट पनि सम्मानित छन्। एउटा काव्य साधकलाई पुरस्कार पाउनु र नपाउनुले खाषै भिन्नता नराख्ने बताउने सापकोटाको प्रथम कृति ‘भत्किएको पर्खाल–२०६२’ चलचित्र कथाका लागि समेत छनौट भएर ठुलो पर्दाको कथा मार्फत पाठकहरूको मन जित्न सफल बनेको थियो ।
अस्ट्रेलियामा र नेपालमा एकै दिन लोकार्पण गरिएको सो कृति लाई अनेसास ले प्रकाशन गरेको हो ।
“..जब मान्छेहरू साथ टुटाएर, शुन्यताको
उपहार दिन्छन्, म त्यही शुन्यतामा
स्वर्ग भेटि रहेको छु ।
तिमीले हानेका ढुंगाहरू यिनै
एकान्तमा बटुलेर,
त्यही ढुँगाबाट सुन्दर महल बनाई
रहने छु “..प्रश्नमा ईश्वर बाट ।
कार्यक्रम मो :मो हाउस , ५३८ प्रिन्सेस हाइ वे ,रकडेलमा भएको थियो ।








