कृति समीक्षा-
भीमसेन सापकोटाको प्रश्नमा र्इश्वर-
नेपाली साहित्यको उद्गम स्थल त्रिकोणात्मक छ भनेर त्रिभुजका कोणहरूमा काठमाडैां दर्जिलिङ् र वनारस लेख्ने कुरा अब विगत बनिसकेको छ।वर्तमान नेपाली साहित्य ,संसारका कुनाकुनाबाट प्रष्फुटित भैरहेको छ ।एशिया, युरोप,अमेरिका ,अष्ट्रेलिया जहाँ होस् नेपाली साहित्यले अाफ्नो सिर्जनात्मक धर्तीलाइ स्थापित गरिसकेको छ।
उकुसमुकस भएपछि सिर्जनशील भावले फुर्सद पर्खिरहदैन ,जुन बेला जहाँ पनि उजागर हुन्छ । व्यस्त जीवनका बाबजुद प्रवासमा रहेका धेरै नेपाली मन मस्तिष्कबाट उत्कृष्ट साहित्यिक सृजना नेपाली साहित्यले अाफ्नो अाकाशमा भण्डारण गरिसकेको छ। यसै सन्दर्भको एउटा ताजा उदाहरण हो भीमसेन सापकोटाको प्रश्नमा र्इश्वर ।
भीमसेन सापकोटा प्रवासको व्यस्त जीवन बिताउँछन्।सिड्नी अष्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयमा प्राध्यापन गर्छन्।,अन्तर्दृष्टि त्रैमासिक को संपादन गर्छन् ,एम एन टिभी अष्ट्रेलियाको सम्पादन गर्छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्छन् ।यस्ता विविध जिम्मेवारी भित्र रहेर पनि उनको सिर्जनशील लेखनीले एक पछि अर्को कृति प्रस्तुत गरिरहेको छ ।भत्किएको पर्खाल पूृर्णाङ्की नाटक पछिको यो प्रश्नमा र्इश्वर कृति एउटा कविता सङ्ग्रह हो ।अनेसास अष्ट्रेलियाद्वारा सिडनीमा अायोजित विश्वकाव्य गोष्ठीको अवसरमा ४ मार्च २०१६मा विमोचित यो कृति अनेसास नेपालले प्रकाशनमा ल्याएको छ।
प्रश्नमा र्इश्वर – नाम र मुखपृष्ठ मात्र हेर्दा लाग्छ यो भित्र अाध्यात्मिक दर्शन र सो सम्बन्धित प्रश्नमा अाधरित प्रश्न र व्याख्या हुनुपर्छ ।जब पुस्तक अाद्योपान्त पढिन्छ अनि थाहा हुन्छ यो एउटा स्वतन्त्र , मैालिक र साहित्यिक कविता कृति हो ।
यसभित्र छत्तीस वटा कविता
हरू सङ्ग्रहित छन् ।हो कवितामा प्रायः भाषा हुन्छ र भाव मात्र हुन्छ तर भीमसेनका कवितामा भाषा,भाव,पात्र परिवेश सबै छ ।सुललित शब्द प्रयोग अनुप्रास संयोजन त प्रश्नमा र्इश्वर कविता सङ्ग्रहको विशेषता नै हो ।
पुस्तकको नामकरण पनि सङ्ग्रहित कविता मध्येको प्रश्नमा र्इश्वर कविताबाट गरिएकोछ । प्रश्नमा र्इश्वर कविता जातिवादको अन्याय विरुध्द एउटा सशक्त अावाज हो । जात विजात मानवीय वर्गीकरण हो भन्ने थाहा हुँदा हुँदैपनि कोही मान्छे बुझ पचाउँछ र भन्ने गर्छ यो र्इश्वरीय परम्परा हो । त्यस्ता पाखण्डी विरूध्द उसको र्इश्वरप्रति धेरै प्रश्नहरू उठाइएको छ र कवितामा भनिएको छ ,
सबै मान्छेको रगत छुट्टाछुट्टै
सिरिञ्जमा राखेर
र्इश्वरलार्इ
छुट्याउन दिनु छ
र सोध्नु छ,
कुन कुन जातका मान्छेको
कुन रगत हो भनेर ,……..
………………
निष्कर्षमा भनिएको छ–
…………..
मान्छेहरू नै
अाफू अनुसारकै
र्इश्वर बनाउँछन् ।
यस प्रकार प्रायःकविताहरू सामाजिक अन्याय र भेदभाव विरूध्द लक्षित छन् भने कतिपय कविताले पीडा व्यथा र कुन्ठा बोलेकाछन् ।
यस सङ्ग्रहमा सपना झुलेको शहरको कथा पहिलो कविता हो ।यसमा भविष्यको सुन्दर सपना बोकेर अष्ट्रेलियाको सिड्नी शहर पुगेको साँहिलो दाइ डार्लिङ् हार्बर लगायत सिडनीका क्याफे र पाकशालाहरुमा परिकार पकाउँदा पकाउँदा अाफू काँचो लाश झै गन्हाउँछ तैपनि उसको सपना पुरा हुदैन र उ कोफिनको बन्दी भएर स्वदेश फर्कन्छ।
यस्तै–
…. सुतेर देखिने सपना
सपना होइन ,
बरू सपना
त्यो हो
जो देखिएपछि सुत्न दिदैन।……
उदाउन दिनुहुन्न सूर्यलार्इ शीर्षकको कविताका यी पङ्क्तिले पनि पीडामा उसिनिएका जीवनको यथार्थता उजागर गरेका छन् ।यसैको अर्को लहर छ–
अाफू पीडा उसिनेर
अरूलार्इ पेडा खुवाउनेहरू नै
यहाँ मरिरहनुपर्छ ।
यसभित्रका दुइटा कविता केही अधुरा र अमर कथा अनि धेरै कुरा छुटेको छ लार्इ भाग १र२ मा विभक्त गरिएको छ र फेरि अलग अलग शीर्षक दिइएको छ ।
चारवटै कविता मार्मिक छन्।
यसरी नै वासी अनुहारहरू, चितामा
थि नमरेको मान्छे,सम्भोग सुन्दरी ,रातका भूतहरू,हराएको मान्छे,कलमको उल्टी ,नाफाको बिहे जस्ता प्रायः कविता व्यङ्ग्यात्मक छन् भने अामालार्इ प्रश्न,दाता तँ,,अाफ्नै लाशसँगको अन्तिम बिदाइ,मूलबटो र मान्छे ले पनि सामाजिकता भित्रको विकृति विसङ्गति मुखरित गर्छन्।
ढलेको जवानी,प्रेमी र चरी,जवानी र समुद्र किनार,प्रेमको हिसाब,बेहोशीमा तिमी कविताहरू सामाजिकताका साथै प्रणयपरक छन्।
वास्तवमा भन्नुपर्दा यो कविता सङ्ग्रहको निष्कर्ष मान्छेको पहिचान ले मान्छे बाँच्न पाउनुपर्छ भन्ने नै हो ।म बहुला मान्छे,रिङ्गटा बीचको मान्छे ,मान्छेको जात मान्छे यसैभावका पतिनिधि कविताहरू हुन् ।
कविको स्वकथन ले भन्छ अोशोको विचार जस्तै हो कवि, कविहरू व्यवस्थित पागल हुन्, पागलहरू अव्यवस्थित कवि। तर जेहोस् कवि कवि नै हो र पागल जीवनको एउटा बिडम्बना हो ।
हुन त यसभित्रका कतिपय कवितामा भावको दैाडाहा जोडतोडको छ ,हुन त राम्रो को कुनै सीमा हुंदैन तर तर विम्बलाई थप चम्काएर आगामि कृतिलाई अझ रोचक बनाउन सक्ने क्षमता कृतिकार सापकोटाको लेखाईमा देख्न सकिन्छ । । बरिष्ठ समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल तथा कविवर नवराज कर्कीको समीक्षात्मक शुभकामनाबाट कवि भीमसेन सापकोटाको सिर्जनात्मक उत्साहले अझै माथिल्लो उचाइ चुमेको अनभूत गर्न चाहन्छु र म पनि दिन चाहन्छु कवि भीमसेन सापकोटालार्इ समुन्नत हस्ताक्षरको लागि हर्दिक शुभकामना ।
सूर्यप्रकाश जमरकटेल
११ अप्रिल २०१६







