किनाराको साँझ
– सुरेन्द्र दवाडीआकाश रंगाउँदै घाम ओर्लन्छ
बादलबाट हवाइजहजहरु झर्छन
र फेरी बादल तिरै फर्किएर हराउँछन ।किनाराको वालुवा
बिस्तारै सेलाउँछआँखाहरुले आँखै समत्छ्न
मन ले मनै समात्छ
हरेक दिन
तट भरि मुस्कान छरेर
बग्छ यो साँझ ।
केहि पल्तिर
ढकमक्क शिरीष
रातको शीत पर्खिरहेछ
संगै संगै झर्न
भोलि बिहानको घामले हेर्नेछ
समर्पणमा झरेका फूलहरुको सौन्दर्य ।
रुखा समुन्द्री चराहरु बास लागिसके
त्यसैले शान्त छ यो बगर
छालहरु मन्द छन
सायद दिनभरको उन्मादको थकाई मार्दै छन ।
एकछिनपछि
ताराहरु छाल संगै बगेर आउनेछन
र मनका भित्ता हरुमा हिर्काउनेछनएकछिन पछि
यो डुब्दै गरेको घाम
हिमाल पछाडि खस्नेछ
धुँवा का धर्का हरुले
ती नीला पहाडहरु रंगाउने छन् ।
आमाले वालेको साँझ बत्ती तापेर
गुँड छिर्नेछन गौंथलीहरु
एउटा सुनजस्तै साँझ
पहाडहरुलाई
दरौंदीको गीत
सुम्पेर विदा हुनेछयी सुनौला क्षितिजहरु
कहिले देखि
यसरि
यी हृदयहरु रंगाउँदै
उभिएका होलान ?कहिले देखि होला
यो सुनजस्तै घामले
समुन्द्रको आँखामा
सेल्फी खिचेर
यी मान्छे र यो बगरलाई
देखाउन थालेको ?किन नाचेर कहिल्यै नथाकेका होलान
यी छाल, यी वादल र यी ताराहरु ?भोली म यहाँ आउँदिन
तर पनि यी छालहरु
यो किनारसम्म यसरी नै आइरहने छन्
यो साँझ भोलि पनि आउने छ
मान्छेहरु किनारामा आएर
यो साँझलाई यसरि नै छामेर जाने छन्।भोलि पनि आमाले साँझ बत्ती बाल्नुहुनेछ,
भोलि पनि दरौंदीले ती पहाडहरुलाई गीत सुनाउने छ।– सिड्नी, अस्ट्रेलिया







