तामाङ पोशाकमै नेपालीमूलकी काउन्सिलरले अष्ट्रेलियामा लिइन् सपथ

photo:nepaltube.com

सिड्नी । न्यू साउथ वेल्स राज्यको स्थानीय चुनावमा पहिलो पटक नेपाली महिला विजयी भएकी छन् ।

सिड्नीको ब्याङ्सटाउन क्यान्टबरी सिटी काउन्सिलको काउन्सिलर पदमा निर्वाचित हुँदै नेपाली मूलकी भद्रा वाइबाले नयाँ रेकर्ड बनाउन सफल भएकी हुन् ।लेवर पार्टीबाट उम्मेद्वार बनेकी उनले मतगणना सकिनपूर्व नै अभूतपूर्व भोटसहित विजयी भएकी हुन् ।

नेअष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा निर्वाचित नेपालीमूलकी काउन्सिलरले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । डिसेम्बर ४ तारिखमा त्यहाँ निर्वाचन भएको थियो ।

सिड्नीको क्यान्टबरी ब्याङस् टाउन सिटी काउन्सिलमा नेपालीमुलकी नर्स भद्रा वाइबा काउन्सिलर पदमा निर्वाचित भएकी थिइन् । सपथ लिन वाइवा तामाङ पोशाकमा सजिएर त्यहाँ पुगेकी थिइन् । काउन्सिल महानिर्देशक म्याथ्यु स्टेवार्डले भद्रा लगायत नवनिर्वाचित काउन्सिलरलाई पद तथा गोपनियताको सपथ खुवाए ।

मौलिक भेषभुषामा सजिएर सपथ लिन पाउदा नेपाली हुनुको गर्व महसुस भएको भद्राले बताइन् । त्यहाँको लेवर दलबाट भद्रा दोस्रो वरियताका उम्मेदवार थिइन् । १५ जना काउन्सिलर पदमा भद्राको पार्टीले ९ वटा सिट जितेको छ । नेपालीमा विद्यार्थी राजनीतिमा समेत सक्रिय भद्रा दशकदेखि लेवर दलमा सक्रिय छिन् ।

पेशाले रजिष्टर्ड नर्स हुन् भद्रा । वीर अस्पताल र प्रसुती गृहमा १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया पुगेकी थिइन् । सिन्धुली घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापनामा पनि भूमिका खेलेकी थिइन् ।

सम्बन्धित शिर्षकहरु