सिड्नी । शनिबारदेखि सुरु भइरहेको अष्ट्रेलियाको आम निर्वाचनमा नेपालीहरूको दौडधूप चलेको छ । नेपाली समूदायका अगुवाहरू आफ्नो समर्थनका दलहरूलाई जिता

उन लागि परेका हुन् । अष्ट्रेलियाको चुनावमा नेपालीहरू प्रचारका लागि खासै मैदानमा नदेखिए पनि यस पटक भने उनीहरू झण्डानै बोकेर मैदानमा खडा भएका हुन् । त्यसमध्ये कति त बुथ प्रतिनिधिसमेत बनेका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले करिब २ महिनाअघि नयाँ जनमतको आवश्यक्ता औंल्याउँदै निर्वाचनको घोषणा गरेका थिए ।यस निर्वाचन मार्फत अष्ट्रेलियन जनताले देशको ३० औं प्रधानमन्त्री चुन्नेछन् ।
अष्ट्रेलियामा जनमतलाई अत्यान्तै महत्वपूर्ण मानिन्छ, यदि कोही मतदाताले भोट नदिएमा नीजमार्फत सरकारले दण्डस्वरुप जरिवाना तिराउँछ । शनिबारदेखी सुरु भएको निर्वाचनमा अष्ट्रलियाको विभिन्न स्थानमा रहेका करिब ३० हजार नेपाली मुलका अष्ट्रेलियन नागरिकहरुले पनि मतदान गर्ने निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
त्यकारण पनि यसपालीको निर्वाचनमा अष्ट्रेलियामा रहेका नेपाली मूलका अष्ट्रेलियनहरु पनि खुलेर दलहरुको समर्थनमा लागेका छन् ।
त्यहाँको प्रमुख दल लेबरले स्वास्थ्य सुविधा र बिद्यालयको शिक्षा, आप्रवासी जनता र न्यून आय भएकाहरुलाई सहयोग पुर्याउने किसिमका नीतिलाई विशेष जोड दिएको छ ।
त्यस्तै सत्तासिन पार्टी लिबरलले साना ब्यवसायी, पुर्वाधार विकासका एजेण्डामा केन्द्रित भएको छ । साथै लिबरले आप्रवासीहरुको परिवारका अभिभावकलाई ५ बर्षसम्मको भिसा दिने एजेण्डा अघी सारेको छ ।
निर्वाचनमा मुख्य राजनीतिक दल लेबर, लिबरल, ग्रिन बाहेक करिब ४ दर्जन दलहरु चुनावी मैदानमा उत्रिएका छन् । गाँजा सेवनलाई कानुनी मान्यता दिनुपर्ने माग गर्ने, समलिंगी विवाहलाई मान्यता दिनुपर्ने माग गर्ने, धुम्रपान गर्न पाउनुपर्ने माग गर्ने, आफ्नो इच्छाले मृत्यु रोज्न पाउनुपर्ने माग गर्ने, पशु अधिकारको वकालत गर्ने, सहज गर्भपतन गर्न पाउनुपर्ने माग गर्ने लगायतका एजेण्डा सहित विभिन्न प्रकृतिका दलहरु चुनावी स्पर्धामा छन् ।
निर्वाचनलाई लिएर नेपालीहरू ठूलो उत्साह छाएको नेपाली समूदायका अगुवा सञ्जिव पाण्डेले असनेपालन्युजलाई जानकारी दिए । उनका अनुसार लिभरल पार्टी र लेभरबीच चुनावमा प्रतिष्पर्धा देखिएको छ ।








