
असनेपालन्युज ,सिड्नी । अस्ट्रेलियाको सिड्नी स्थित डार्लिन्ङ्ग हार्बरमा एक भव्य बहुसांस्कृतिक मेला लाग्ने भएको छ । जहां विभिन्न समुदायका स्टल ,नाच गान र योगा , फेशन शो , मोडल हन्ट लगायतका आकर्षक प्रस्तुती रहेकाछन्। नेपाली, बङ्गाली समुदाय , अस्ट्रेलियन सरकार समेतको आयोजना भएको सो विशाल मेलामा भारत, नेपाल र बङ्गला देशका कलाकारहरू समेतको बेजोड प्रस्तुती रहने छ। आगामि मार्च महिनाको २६ तारिख शनिवार र २७ तारिख आईतवार विहान ९ देखि राति ९ सम्म हुनेछ । डार्लीङ्ग हार्वर स्थित तुङ्ङ्गालुङ पार्कमा आयोजना हुने सो मेलामा प्रवेश निशुल्क रहेको छ । मेलामा स्टल राख्न नेपाली संयोजक लाई ०४३४५७०३७९ मा संपर्क गर्न सकिने आयोजक हरूले जनाएका छ्न्।
आयोजक मध्येकि एक निर्देशक शर्मिन वाजिहा का
अनुसार सो मेलामा 8० हजार अवलोकन कर्ता सहभागि हुने जनाईएको छ ।








