श्रद्धा-सुमन – कविता – शब्द लहर, अँक ३९ – प्रविण टण्डन

 

 

 

 

 

       श्रद्धा-सुमन

 

सम्झनामै अझै छ, त्यो मीठो बोली

गएछौ अचानक, बोल्दै नबोली

 

सँधै सबैको, भलै चिताउने

हारेर आफू, अरूलाई जिताउने

 

यस्ता हितैषी, कहाँ भेटिएला भोलि

गएछौ अचानक, बोल्दै नबोली

 

हर शब्दमा त्यो, प्रेरणा थ्यो’ कस्तो

हर भावमा त्यो, करूणा थ्यो’ कस्तो

 

जस्तो निश्चल, भै’ बग्छ खोली

गएछौ अचानक, बोल्दै नबोली

 

स्मृति तिम्रा ती, बनेर मोती

बाँच्नेछौ सँधैभरी, भइ दिव्यज्योति

 

यादले विषादको, अन्धकार छिचोलि

गएछौ अचानक, बोल्दै नबोली

गएछौ अचानक, बोल्दै नबोली …

********************************************************************

 

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

सम्बन्धित शिर्षकहरु