गीत
धेरै हुन्छन् अरु हिंड्ने, बाटो खन्ने मान्छे
एउटै तिमी नै छौ मेरो, आफ्नो भन्ने मान्छे
मुस्कुराउँछौ तिमी, हाँसिदिन्छन् ओठ मेरा
झर्छन् तिम्रा आसुँ कठै, देखी चोट मेरा
को हुन्छ र दु:खमा नि, साथी बन्ने मान्छे
एउटै तिमी नै छौ मेरो, आफ्नो भन्ने मान्छे
आयौ तिमी पूर्णिमा झैं, नौलो बहार आयो
रित्तो एउटा जिन्दगीले, सिंगो संसार पायो
चाहिने नै रै’छ आफ्ना, कुरा सुन्ने मान्छे
एउटै तिमी नै छौ मेरो, आफ्नो भन्ने मान्छे
पर्खी बस्दा आँखा छोपी, छकाउने गर्छौ
रिसाउँदा पनि मलाई, फकाउने गर्छौ
तिमी नै त अन्तरमनको, हाल जान्ने मान्छे
एउटै तिमी नै छौ मेरो, आफ्नो भन्ने मान्छे
एउटै तिमी नै छौ मेरो, आफ्नो भन्ने मान्छे …
********************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com