गीत
*****************************
के भर पर्नु र, सास दुई मुठ्ठीमा भन
के लेखी पठाऊँ, यो चिठ्ठीमा भन
पीडा नै साथी झैं, के यस्तो ‘थिती भो’
ननिदाइकन त, कति रात बिति गो’
कहाँ ओतिने, आसुँको व्रिष्टिमा भन
के लेखी पठाऊँ, यो चिठ्ठीमा भन

साथमा बितेका, हर्षका दिन ती
सँधै जीवन त्यस्तै, भएन किन नि
घाम-पानी किन, यो सृस्टिमा भन
के लेखी पठाऊँ, यो चिठ्ठीमा भन
हटेर तुवाँलो, उजेलो आउला
बरले पिपलु, देख्न पाउला
के ल्याइदिउँ, पहिलो छुट्टीमा भन
के लेखी पठाऊँ, यो चिठ्ठीमा भन …
– प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिकृयाका लागि basantaprabin@gmail.com






