उठ युबा अब उठ !!

Image may contain: 1 person
श्रीभक्त अच्युत वाग्ले भरतपुर ४ गीता मार्ग लक्ष्मीपुर चितवन २०७७/०४/१७

उठ युबा अब उठ
के भन्नु आज को हाल बिग्रदो छ निरन्तर
नेता राम्रो नपाएर रुँदैछ देश धरधर
लुछाचुडी छ सत्तामा छैन मेल कतै तिर
गर्दैनन देश को चिन्ता लड्छन यी स्वार्थ खाँतिर

आश्वासन फिजाएर भोटमा होलि खेल्दछन
फजुल्का योजना बांडी जनता मख्ख पार्दछन
गरेर झुठ्को खेती सत्तामा जब पुग्दछन
टाँसिन्छन जब कुर्सिमा अन्धो बन्दै डकार्दछन

यै हाल चालले मेरो देश जर जर भै सक्यो
युबा हो उठ लौ उठ अब ढिलो भई सक्यो
बिदा गर सबै बुढा नेता सम्मान् गरिकन
निति श्रेस्ता सबै फेर बढार भ्रस्ट आँगन

पुछ आँशु यी आमाको जहाँ जन्मिई हुर्कियौ
हँसाउ मोहडा यिन्को जहाँ आँफैं ठुलो भयौ
छ उँचाशिर यो यिन्को नझुकोस बिश्वमा कतै।
शान्तीको शुभ सन्देश फैलोस फेरी जता ततै

त्रीकोण लाल यो झन्डा चन्द्र सुर्य छ अंकित
देखेर शत्रुको छाती सँधै थर थर काँप्त छ
यो हो पुण्यभूमी हाम्रो तिमि रक्षक हौ युबा
अब तिमि न जागेमा जोगिन्न देश यो युबा

 

सम्बन्धित शिर्षकहरु