गीत
~प्रविण टण्डन “वसन्तप्रवीण”

तिमी मेरी को हौ, म कसरी भनुँ
तिमी नभए त, म पनि छैन सानु
आँखा खुलेदेखि, देखेको सपना
कुन भाग्यले पाएँ, यो श्रृष्टिको रचना
मेरो जीवन तिम्रै हो, अरू के जानुँ
तिमी नभए त, म पनि छैन सानु
देखेपछि तिमीलाई, हेर्नुछैन अरू केही
जहाँ छन् तिम्रा पाइला, गन्तव्य मेरो त्यहीं
धरतीमा स्वर्ग हुन्न, म किन मानुँ
तिमी नभए त, म पनि छैन सानु

तिम्रा हरेक शब्दमा, मायाको स्पन्दन छ
जहाँ तिमी छुन्छौ, त्यहीं जीवन छ
यस्तै हाँसी-खुशी बाँचौं, के छ र मरी-लानु
तिमी नभए त, म पनि छैन सानु …
—————————————————
सुझाव/प्रतिकृयाका लागि: basantaprabin@gmail.com






