‘गजल ‘ -बाबु त्रिपाठी

 

~बाबु त्रिपाठी~

फाटेको नटाले कसलाई पुग्छ र ?
रुपियाँ पैसाले कसलाई पुग्छ र ?

यहाँ कुबेरको भण्डार त रित्तिन्छ
भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

यति सुन्दर संसार हेर्नलाई
केवल आँखाले कसलाई पुग्छ र ?

चराहरु पनि काम गर्न थालेका छन्
त्यसैले मजाले कसलाई पुग्छ र ?

भएको यही यौटा देशसंग पनि
माग्नमात्र थाले कसलाई पुग्छ र ?

बाबु द्वारा वाचित अर्को गजल “बांझो मलाई देउ ‘

 

सम्बन्धित शिर्षकहरु