कवि पराजुलीको सांगीतिक कविता “एक्लै” सार्वजनिक :


कवि नवराज पराजुलीको सांगीतिक कविता “एक्लै”सार्वजनिक भएको छ। नेपाली साहित्यको कविता विधामा सांगीतिक रुपमा प्रस्तुत गरिएको यो  कविता धेरैले मनपराएका छन्।उनको आउंदै गरेको पुस्तक “घर” बाट यो कविता प्रस्तुत गरिएको हो।  पराजुलीको स्वर र अभिनयको संयोजन  उत्कृष्ट बनेको छ। सो सांगीतिक कविता हेर्न र सुन्न निम्न  लिंकमा क्लिक गर्न सक्नुहुनेछ। https://youtu.be/8bxcjDKaE_8

 

“पर्फमेन्स पोयट्री”बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कवि नवराज पराजुली नेपाली साहित्यमा एउटा ओजश्वी नाम हो। विश्वका धेरै देशहरुमा उनका थूप्रै कविता कन्सर्टहरु भए र उनले प्रस्तुत गर्ने कविताको शैली धेरैले मन पराए।

२०७३मा पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल उनको कविता संग्रह “सगरमाथाको गहिराइ” थूप्रै पाठकहरुमाझ लेकप्रिय बन्यो। सामाजिक सञ्जालमा संसारभरिबाट उनका कविता लाखौं पटक हेरिएका छन।

सम्बन्धित शिर्षकहरु