
मेरा मनका कुरा:::
नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउन अनेसासले सबैसंग हातेमाले गर्दै हिंड्न जरुरीछ र अहिलेको आवश्यकता पनि हो । नेपालीसाहित्यलाई विश्वव्यापी तुल्याउन पहिलो काम त नेपाली भाषामा लेखिएका साहित्यिक कृतिहरु अंग्रेजी तथा विभिन्न भाषामा अनुवाद हुन जरुरीछ।। विश्वभर नै ठूलो संजाल बनाएको साहित्यिक संस्था अनेसासले यसको पहल गर्नुपर्छ भन्ने लाग्छ । निम्न कार्यहरु गर्नसकिए मात्रै डायस्पोरामा नेपाली भाषा र साहित्य बाँच्दछ भन्ने लाग्दछ।
१. पहिलो काम त प्रवासमा नेपाली पाठशालाको स्थापना हुनु पर्दछ। नेपाली भाषा पाठ्यक्रम बनाई प्रवासमा रहने दोस्रो पुस्ताका नेपालीलाई अनिवार्यरुपमा नेपाली भाषा पढाउने प्रबन्ध मिलाउनु पर्छ जसमा विभिन्न देशमा रहेका पहिलो पुस्ताका नेपालीसँग संयोजन गरेर यसलाईअघि बढाउन सकिन्छ ।(गाह्रो छ तर सम्भव छ)
२. दोस्रो पुस्ताका नेपालीहरुले नेपाली भाषा बोल्न बुझ्न, लेख्न सकेभने उनीहरुले नै नेपाली साहित्यलाई अंग्रेजी तथा अन्य भाषामाअनुवाद आंफै गर्न सक्छन साथै नेपाली साहित्यलाई उनिहरुलेनै विश्व स्तरमा पुर्याउन सक्छन भन्ने लाग्छ।
३. प्रवासमा गरिने साहित्यिक सम्मेलन,साहित्यिक गोष्ठी, गर्नका लागि मात्रै गर्ने कि ???यसको गहिरो अर्थ पनि होस्। जस्तै सम्मेलनबाट कति नेपाली भाषा साहित्यका कृतिहरु अँग्रेजी भाषामा अनुवाद भए त ??कति पुस्तकहरु अन्तर्राष्ट्रिय स्तरमा पुगेका छन् त ? आदिआदि कुरामा ध्यान पुर्याउनसके प्रवासमा पक्कै हाम्रो साहित्य बाँच्दछ।
केहि वर्ष अघि अष्ट्रेलियाको सिड्नीमा अनेसास न्यू साउथ वेल्सले नेपाली राष्ट्र तथा राष्ट्रिय भाषामा खुल्ला बालवतृत्वकला कार्यक्रम गरेको थियो ।प्रवासमा रहने हाम्रा पछिल्ला पुस्ता बालबालिकाहरुमा आफ्नो मातृभाषा र संस्कृति प्रति अभिरुची जगाउने मूल उद्देश्य सहित आयोजना गरिएको सो कार्यक्रममा २५ जना बालबालिकाहरुले कार्यक्रममा भाग लिएका थिए।कार्यक्रममा भागलिने आफ्ना छोराछोरीहरु यसरी नेपाली भाषमा वक्तृत्वकला प्रस्तुत गरिरहंदा अभिभावकहरुको आंखा रसाएको मैले महशुस गरेको छु।यो एउटा सानो उदाहरण मात्रै हो।अनेसासले दूरगामी कार्यक्रमहरुको योजना बनाई थूप्रै रचनात्मक कार्यक्रमहरु गर्दै प्रवासमा रहने नेपाली मुलका बालबालिकाहरुको अभिभावक बन्न सकेमा अनेसासको उचाई बढ्ने थियोकि????
अध्यक्ष
महेश्वर शर्मा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स








