काठमाडौं । अमेरिकाले रुसिमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकाले चरणबद्धरुपमा रुसमाथि प्रतिबन्ध लगाउँदै आएको छ।
अहिले अमेरिकाले लगाएको प्रतिबन्धमा रुसका केही शीर्ष र प्रभावशाली मानिसलाई लक्षित गरिएको छ।
जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरु र रुसका विदेशमन्त्री सर्गेई लाभरोभका नातेदार पनि सामेल छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले अहिले पुटिनका छोरीहरु मारिया भोरोत्सोभा र केटरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको हो। उनीहरु पुटिनकी पूर्व पत्नी ल्यूडमिलाबाट जन्मिएका हुन्।
अमेरिकाले यसअघि पनि रुसका केही प्रभावशाली मानिसमाथि प्रतिबन्ध लगाइसकेको छ।
अमेरिकाले रुसका केही बैंक र धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ।








