Nepal Recognized as Global Yoga Destination at International Summit in Thailand
Ratchaburi, Thailand – April 2025, Ausnepalnews
The serene town of Ratchaburi, Thailand, came alive on April 4th and 5th, 2025, as it hosted the Yoga and Spiritual Global Summit 2025, drawing thousands of yogis, spiritual seekers, and wellness experts from across the globe. The event, organized by the Global Society for Peace and Spiritual Science (GSPSS) in collaboration with the Thai Nepali Association and the International Yoga Alliance, highlighted Nepal’s profound spiritual legacy by naming it a global yoga guru destination.
The summit was graced by the presence of Chief Guest Yogi Acharya Rajan Sharma, an internationally celebrated yoga master, spiritual guide, and founder of GSPSS. He presented a compelling paper emphasizing the ancient origins of yoga in the Himalayan region and introduced a unique yoga style rooted in Nepal’s Vedic heritage. His presentation not only received high acclaim but also solidified Nepal’s standing as a birthplace of authentic yogic wisdom.
Prominent speakers included Dr. Krish Lee as the keynote speaker and Yogini Cindy Hider, who both contributed to the summit’s theme of holistic healing, consciousness expansion, and global unity through yogic practice.
With vibrant participation and spiritual fervor, the summit served as a platform for sharing transformative experiences, scholarly insights, and the universal message of peace through yoga. It was also broadcast live via Zoom and various media platforms, allowing global audiences to partake in the wisdom shared.
For more details, visit: gpsss.org or email: info@gpsss.org.au
Nepali news :
थाइल्याण्डको राचाबुरीमा सम्पन्न “योग तथा आध्यात्मिक विश्व सम्मेलन २०२५”, नेपाललाई योग गुरुको रुपमा घोषणा
राचाबुरी, थाइल्याण्ड – ४ र ५ अप्रिल २०२५
थाइल्याण्डको रमणीय सहर राचाबुरीमा आयोजित योग तथा आध्यात्मिक विश्व सम्मेलन २०२५ भव्य रुपमा सम्पन्न भयो। ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्स (GSPSS), थाई नेपाली संघ र इन्टरनेशनल योगा एलायन्सको संयुक्त आयोजनामा सम्पन्न यस सम्मेलनमा हजारौं योग साधकहरू विश्वभरबाट सहभागी भए।
उक्त सम्मेलनका प्रमुख अतिथि योगी आचार्य राजन शर्मा रहनु भएको थियो। उहाँले नेपालबाट उत्पत्ति भएको योग परम्पराको गहिरो व्याख्या गर्दै एक विशेष शोधपत्र प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतीले नेपाललाई विश्वको योग गुरुको रुपमा मान्यता दिन महत्वपूर्ण भूमिका खेलेको छ।
सम्मेलनका प्रमुख वक्ताहरूमा डा. क्रिश ली र योगिनी सिन्डी हाइडरले प्रेरणादायी मन्तव्यहरू राख्नुभयो। सम्मेलनको मूल उद्देश्य आध्यात्मिक उन्नति, प्रेरणा, र योग साधनाको माध्यमबाट मानव जीवनको रुपान्तरण गर्नु रहेको थियो।
कार्यक्रमले योगको प्राचीन नेपाली जरा र यसको विश्वव्यापी प्रभावलाई उजागर गर्दै, नेपाललाई आध्यात्मिक पर्यटन तथा योग शिक्षाको केन्द्रका रूपमा अझ स्थापित गराएको छ।
योग तथा आध्यात्मिक विश्व सम्मेलन २०२५” मा १२ बुँदे घोषणा – नेपाललाई योगको आदिस्रोतको रूपमा विश्व सामु उजागर
ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्स (GSPSS), थाई नेपाली संघ, र अन्तर्राष्ट्रिय योग एलायन्सको आयोजनामा सम्पन्न Yoga and Spiritual Global Summit 2025 ले एक ऐतिहासिक मोड लिँदै १२ बुँदे घोषणा पारित गरेको छ।
विश्वभरबाट हजारौँ योगी साधकहरूको सहभागिता रहेको यस सम्मेलनमा GSPSS UK का अध्यक्ष दयाराम गरुतम, काठमाडौं उपत्यका संयोजक योगेन्द्र खतीवडा, र केन्द्रीय सदस्य राम सञ्जेल लगायत अन्य योग गुरुहरूले गहन मन्तव्य राखे।
सम्मेलनमा विभिन्न देशबाट आएका योग प्रशिक्षकहरूले योगका नवीनतम प्रविधिहरू, प्राकृतिक उपचार प्रणाली, श्वास–प्रश्वास अभ्यास, ध्यान प्रविधि, र आध्यात्मिक चेतनाको जग सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरे।
सम्मेलनको १२ बुँदे घोषणा:
१. योग मानव जीवनको सर्वाङ्गीण विकासको माध्यम हो – शारीरिक, मानसिक, र आत्मिक।
२. नेपाललाई योगको आदिस्रोतको रूपमा विश्वव्यापी मान्यता दिन सबैले पहल गर्ने।
३. योग शिक्षालाई शैक्षिक पाठ्यक्रममा समावेश गराउन अन्तर्राष्ट्रिय प्रयास गरिने।
४. विश्व शान्तिका लागि योगदर्शन र ध्यान अभ्यासलाई प्रवर्द्धन गरिने।
५. युवा पुस्तालाई योगप्रति आकर्षित गराउने कार्यक्रमहरू विश्वभर संचालन गरिने।
६. महिलाको योगमार्फत सशक्तिकरणलाई प्राथमिकता दिइने।
७. योगमार्फत मानसिक स्वास्थ्य र तनाव न्यूनीकरणका लागि सामूहिक अभ्यास गरिने।
८. प्रविधिको सहायताबाट योगलाई विश्वभर फैलाउने रणनीति अपनाइने।
९. GSPSS मार्फत नियमित अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला तथा प्रशिक्षण जारी राखिने।
१०. वातावरणीय संरक्षणमा योगीहरूको भूमिकालाई प्रोत्साहित गरिने।
११. अन्तरसंवाद र सहकार्यमार्फत विभिन्न आध्यात्मिक परम्पराबीच समन्वय गरिने।
१२. ‘शान्ति, प्रेम र मानवता’ को सन्देश फैलाउन योगलाई माध्यम बनाइने।
सम्मेलनमा प्रमुख अतिथि योगी आचार्य राजन शर्माले नेपालको योग परम्परालाई विश्व सामु प्रस्तुत गर्दै “योग नेपालको गहना हो, यो मानवताको उपहार हो” भन्ने सन्देश दिनुभयो।
Photo feature :









